emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल–जापान सम्बन्ध ऐतिहासिक र घनिष्ठ ः उपराष्ट्रपति यादव

source e-Madhesh २०८१ फाल्गुन १७ गते , शनिबार
0
Shares
35
Views
नेपाल–जापान सम्बन्ध ऐतिहासिक र घनिष्ठ ः उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
काठमाडौं, १७ फाल्गुन ।                                                       
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबीच ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशको मित्रता थप मजबुत बनेको बताउनुभयो।
जाइका अलमनाई एसोसिएसन अफ नेपाल (जान) को ५१औं वार्षिक समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले भगवान बुद्धको शिक्षाबाट प्रभावित नेपाल–जापान सम्बन्ध उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदानबाट अझ प्रगाढ बनेको बताउनुभयो।
नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले मानव संसाधन, स्वास्थ्य, कृषि, पूर्वाधार तथा वातावरण संरक्षणमा जापानी सहायता प्रशंसनीय रहेको बताउनुभयो। नागढुंगा सुरुङमार्गजस्ता परियोजनामा जापानको योगदान उदाहरणीय भएको उहाँको भनाइ थियो।
‘जान’ को योगदानलाई उच्च मूल्यांकन गर्दै उपराष्ट्रपतिले नेपाल–जापान सम्बन्धलाई जनस्तरसम्म पुर्याउने तथा जापानको ज्ञान, सीप र प्रविधि नेपालमा प्रयोग गर्ने कार्य प्रशंसनीय भएको बताउनुभयो। उहाँले संस्थालाई ग्रामीण भेगसम्म विकास कार्यक्रम विस्तार गर्न सुझाव दिनुका साथै जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो।                           

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव