emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

डाक्नेश्वरी नगरपालिका-४, कुसहा, सप्तरीमा बैलगाडी रेस सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन १५ गते , बिहीबार
0
Shares
43
Views
डाक्नेश्वरी नगरपालिका-४, कुसहा, सप्तरीमा बैलगाडी रेस सम्पन्न

उमेश कुमर यादव, डाक्नेश्वरी नगरपालिका-४, कुसहामा हरेक वर्ष श्री श्री १०८ बाबा कुशेश्वरनाथ महाशिवरात्रि मेला अन्तर्गत आयोजना हुँदै आएको बैलगाडी रेस प्रतियोगिता यस वर्ष पनि उत्साहका साथ सम्पन्न भएको छ। प्रतियोगितामा बोदेबर्साइन नगरपालिकाका संजय कुमार कौरिया प्रथम स्थान हासिल गर्न सफल भए। उनले ४ मिनेट ५७ सेकेन्ड मा दौड पूरा गर्दै १ थान बाल्टिन, १ जोडा घुँघुर र नगद रु ३१०० पुरस्कार प्राप्त गरे। उनलाई वडा अध्यक्ष देवेन्द्र प्रसाद यादव द्वारा पुरस्कार प्रदान गरियो। दोस्रो स्थानमा बोदेबर्साइन नगरपालिका, मधुवनका प्रमोद यादव रहे, जसले ५ मिनेट ५४ सेकेन्ड मा दौड पूरा गरे। उनलाई मेला अध्यक्ष श्रवण कुमार राय द्वारा सम्मान गरियो। तेस्रो स्थानमा हटैलका शुशिलाल यादव रहे, जसले ५ मिनेट ५५ सेकेन्ड मा दूरी पूरा गरे। उनलाई बैलगाडी कमिटी अध्यक्ष रञ्जित कुमार राय द्वारा पुरस्कार प्रदान गरियो। यस प्रतियोगिताले स्थानीय परम्परा तथा संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हरेक वर्ष यो प्रतियोगिता हेर्न तथा भाग लिन विभिन्न स्थानबाट सहभागीहरू आउने गर्छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव