emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहको कंकालिनी भगवती मन्दिरमा नवरात्र पूजा सम्पन्न।

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
42
Views
भारदहको कंकालिनी भगवती मन्दिरमा नवरात्र पूजा सम्पन्न।

भूपदेव माली
असोज २७ गते, सप्तरी।
सप्तरीको भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिरमा नवरात्र पूजा सम्पन्न भएको छ।

दशैंको महानवमीका दिन हुने महिषा राँगा बलि एवं खसीबोका बलि हुने नेपालकै दोस्रो स्थानमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदमा अवस्थित पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठ यस मन्दिरमा वैदिक एवं तान्त्रिक विधिद्वारा दशैं पूजा सम्पन्न भएको हो।

यस वर्ष को नवरात्रीमा राँगा बलिको सङ्ख्यामा केही ह्रास आए पनि ६१९ वटा महिसाबली भएको र खसी बोकाको तथ्याङ्क हालसम्म नआए पनि १० हजार भन्दा बढी खसी- बोकाको बलि भएको आकलन गरिएको छ।

महानवमीका दिन नेपाली सेना को हेलिकप्टरद्वारा मन्दिर एवं मन्दिर क्षेत्रमा पुष्पवृष्टि गरिएको थियो भने लाखौंको संख्यामा भक्तजनहरूको भिड रहेको थियो। दशैं पूजा सम्पन्न गर्न मन्दिर विकास समितिद्वारा गरिएको भक्तजनहरूको सुरक्षा भक्तजनलाई सहज सुलभ तरिकाबाट पूजा दर्शन गर्न पाउने व्यवस्था तथा राँगा दली दिन आउने भक्तजनलाई प्रदान गर्ने कार्यमा कमजोरी भएकोले पनि कुनै अप्रिय घटना नभएको स्थानीयहरुले बताए। मन्दिर विकासद्वारा तैनाथ गरिएको स्वयंसेवकहरू नयाँ पर्ने भएकोले अनुभवको अभावमा सकारात्मक कार्य गर्न नसकेको स्थानीयहरूले बताउँछन्। मन्दिरमा आउने भक्तजनहरुलाई सेवा सुविधा प्रदान गर्न ,मन्दिर व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न तथा मन्दिरको मजबुत सुरक्षा व्यवस्थापन गर्न मन्दिरमा सेवाका लागि खटिएका कर्मचारी एवं स्वयंसेवकहरुले अनुभवको अभावमा मन्दिर व्यवस्थापनमा अभाव देखिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव