emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

‘ओली सरकार राजतन्त्र फर्काउने बाटोमा’, बहुमतको आरोप

source e-Madhesh २०८१ फाल्गुन १३ गते , मंगलबार
0
Shares
37
Views
‘ओली सरकार राजतन्त्र फर्काउने बाटोमा’, बहुमतको आरोप

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १३ फाल्गुन ।
 नेकपा (बहुमत) ले वर्तमान ओली सरकारलाई राजतन्त्र फर्काउने षड्यन्त्रमा लागेको आरोप लगाएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सरकार भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्न असफल भएको भन्दै देशव्यापी ६ महिने जनसंघर्ष अभियानको घोषणा गरेका छन्।
महासचिव बास्तोलाले काँग्रेस र एमालेले प्रतिगमनको तयारी गरिरहेको दाबी गर्दै भने, “०४७ सालको संविधान नै ठिक भन्नु भनेको संवैधानिक राजसंस्थाको पुनस्र्थापनाको संकेत हो।” उनले उच्च नेताहरुले आफ्ना समर्थकमार्फत राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेको आरोप लगाए।
पत्रकार सम्मेलनमा स्थायी समिति सदस्य गुणराज लोहनीले भ्रष्टाचार, दलाल पूँजीवाद र बेथितिविरुद्ध संघर्ष अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए। साथै, एमसीसी परियोजना खारेज गरी देशलाई आत्मनिर्भर बनाउनुपर्ने धारणा व्यक्त गरे।
नेकपा (बहुमत) ले ताप्लेजुङको पाथीभरामा भूमिहीन जनताको जमिन खोसेर निजीकरण गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेको छ। साथै, मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रयासप्रति पनि आपत्ति जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव