emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राराब क्याम्पसमा कर्मचारीहरूबीच विवाद चर्किँदा कुटाकुट, ४ घाइते

source e-Madhesh २०८१ फाल्गुन १२ गते , सोमबार
0
Shares
37
Views
राराब क्याम्पसमा कर्मचारीहरूबीच विवाद चर्किँदा कुटाकुट, ४ घाइते

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम,१२ फाल्गुन ।
 जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) मा कर्मचारीहरूबीच विवाद चर्किँदा कुटाकुटको घटना भएको छ।
घटनाको मुख्य कारण एमबीएस (Masters of Business Studies) को परीक्षाको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा उत्पन्न विवाद रहेको जनाइएको छ।
एमबीएस शाखाका प्रमुख अभिराम राय सिट प्लानसहित परीक्षा सम्बन्धी जानकारी दिन क्याम्पस प्रमुख बसन्त कर्णसँग भेट्न पुगेका बेला विवाद झनै चर्किएर कुटाकुटको रूप लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
क्याम्पस प्रमुख कर्णले रायलाई परीक्षाको जिम्मेवारीबाट हटाएर अरूलाई जिम्मा दिने मनसाय बनाएपछि विवाद सुरु भएको थियो।
विवादकै क्रममा प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवबीच हात हालाहाल भएको थियो। उनीहरूले एक–अर्कामाथि मुक्का प्रहार गर्दै गालीगलौजसमेत गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनामा ४ जना घाइते भएका छन्। घाइते हुनेहरूमा सुरेन्द्रप्रसाद यादव, गोविन्द साह, रामपुकार महतो र विकेश अधिकारी रहेका छन ।
घाइतेहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
क्याम्पसमा झगडा भइरहेको बेलामा क्याम्पस प्रमुख बसन्त कर्ण भने मोटरसाइकल चढेर घर भागेका थिए।
हाल जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै पक्षलाई छलफलका लागि बोलाइसकेको छ। घटनाको अनुसन्धान जारी रहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव