emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भ्रष्टाचार र वेथिती विरुद्ध मातृभूमि पार्टीको संघर्ष घोषणा

source e-Madhesh २०८१ फाल्गुन १० गते , शनिबार
0
Shares
49
Views
भ्रष्टाचार र वेथिती विरुद्ध मातृभूमि पार्टीको संघर्ष घोषणा

मधेश न्यूज सम्वाददाता,
काठमाडौं, १० फाल्गुन ।
 राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने भएकाले यसलाई फाल्नुपर्ने उद्घोष गरेको छ।
पार्टीका वरिष्ठ नेता केवी लिम्बुले संसदीय व्यवस्था हटाउन सम्पूर्ण देशभक्तहरू एक ठाउँमा भेला भएर संघर्ष गर्नुपर्ने धारणा राखे। वरिष्ठ क्याप्टेनसमेत रहेका लिम्बुले पहिचानवादी, राजावादी, माओवादीदेखि हिन्दूवादीसम्म सबैले आफ्ना एजेन्डा त्यागेर आन्दोलनमा जुट्नुपर्ने बताउँदै भने, “देशको प्रमुख दुश्मन संसदीय व्यवस्थालाई हटाएर प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्छ।”
सुशासन एवं नेपालवादका अभियन्ता तथा पार्टीका महासचिव गोविन्द गिरीले स्थापना दिवसको अवसरमा देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। गिरीले भोलि २०८१ फागुन १० गते काठमाडौंको शान्तिवाटिकामा कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रम बिहान ८ः३० बजेबाट सुरु गरी देशभर विस्तार गरिने घोषणा गरे। उनले २० गते माइतीघर मण्डला, २१ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, २२ गते हेटौंडा बुद्धचोक, २३ गते पर्सा वीरगञ्ज, २४ गते रौतहटको माधवपुर, २५ गते धनुषाको जनकपुर, चैत्र पहिलो साता सुदूरपश्चिम र चैत्र दोस्रो साता पूर्वी कोशी क्षेत्रमा मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रम सञ्चालन गरिने सार्वजनिक गरे।
युवा मातृभूमि शक्ति (युमाश) का संयोजक सविनले पार्टीका संघर्षका कार्यक्रमलाई जसरी पनि सफल बनाइने बताए। कार्यक्रममा जनकवि भोला बरालले कविता वाचन, भीमसेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठले नाटक प्रदर्शन, तथा कृष्ण भक्त महर्जनले व्यंग्यात्मक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा पार्टीका सचिव तोप गुरुङले मन्तव्य, पार्टी केन्द्रीय नेतृ गंगाकुमारी थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन उप–महासचिव लक्ष्मिदत्त भट्टले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव