emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा बोदेबरसाइनमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन ९ गते , शुक्रबार
0
Shares
37
Views
अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा बोदेबरसाइनमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

उमेश कुमार यादव,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बोदेबरसाइन नगरपालिकाको सहकार्य तथा इन्टेलेक्चुअल फाउन्डेशन नेपाल, सप्तरीको आयोजनामा “शिक्षामा मातृभाषाः नीति या यथार्थ” विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
इन्टेलेक्चुअल फाउन्डेशन नेपालका अध्यक्ष डा. सूर्य प्रसाद यादवको अध्यक्षता तथा बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोदेबरसाइन नगरपालिकाकी उपप्रमुख रेणु साह, मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक समिति सदस्य दिनेश यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै, नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, वडा अध्यक्षहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

बोदेबरसाइन नगरपालिकाअन्तर्गत पाँच वटा माध्यमिक विद्यालयका १० जना छात्र–छात्रा सहभागी रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई नगरप्रमुख तथा उपप्रमुखद्वारा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, इन्टेलेक्चुअल फाउन्डेशन नेपालका अध्यक्ष तथा नगरप्रमुखद्वारा मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव, संस्थाका आजीवन सदस्यहरू तथा शिक्षा शाखा प्रमुख रामसागर यादवलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुति समेत गरेका थिए, जसका सहभागीहरूलाई नगरप्रमुखद्वारा पुरस्कार वितरण गरिएको थियो।
उक्त अवसरमा मिलाफ सप्तरीकी जिल्ला अध्यक्ष रमिला साह, पत्रकार बृजमान तामाङ, डा. जय नारायण यादव, मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मन्तव्यका क्रममा दिनेश यादवले मातृभाषामा शिक्षा प्राप्त नभएसम्म गुणस्तरीय शिक्षाको विकास नहुने बताउँदै, विश्वका विकसित मुलुकहरू मातृभाषामा शिक्षाका कारण नै उन्नति गर्न सफल भएको तर्क राखे। साथै, बोदेबरसाइन नगरपालिकाले मातृभाषामा शिक्षा प्रदान गर्ने प्रक्रियालाई अघि बढाएकोमा नगरपालिकाका सम्पूर्ण प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आतेश कुमार सिंह यादवले संविधानले दिएको अधिकार प्रयोग गर्दै नगरपालिकाले मातृभाषा मैथिलीमा स्थानीय पाठ्यक्रम लागू गरी नागरिक अधिकार सुनिश्चित गरेको बताए। उनले नगरपालिकाको प्रयास सफल हुनमा स्थानीयबासीको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन पत्रकार उमेश साहले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव