emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

निर्वाचनमा अध्यक्षलाई घात गरेको आरोप, युनियन बाराले ६ जनामाथि कारबाही सिफारिस

source e-Madhesh २०८१ फाल्गुन ६ गते , मंगलबार
0
Shares
28
Views
निर्वाचनमा अध्यक्षलाई घात गरेको आरोप, युनियन बाराले ६ जनामाथि कारबाही सिफारिस

ईमधेश न्यूज सम्वाददाता,
कलैया,०६ फाल्गुन ।
 नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नै अध्यक्षलाई घात गरेको भन्दै नेपाल प्रेस युनियन बारा शाखाले मधेश प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठसहित ६ जनामाथि कारबाहीको सिफारिस गरेको छ।
युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले नेपाल प्रेस युनियन केन्द्रीय अनुशासन समितिमा मंगलबार कारबाहीको लागि सिफारिस पठाएको जानकारी दिएका छन्। कारबाही सिफारिसमा परेकामा सिकेन्द्र पासवान, राकेश पाण्डेय, साजिर मन्सुर, प्रियंका दास, र उमेश दुबे रहेका छन्।
युनियन बाराले महासंघको निर्वाचनमा आफ्नै नेतृत्वलाई हराउन विपक्षीसँग मोर्चाबन्दी गरेको आरोप लगाएको छ। समाजवादी नेपालका उम्मेदवारलाई भोट माग्ने, संगठन बाहिरका विद्रोही उम्मेदवारलाई साथ दिने जस्ता गतिविधि गरेका कारण उनीहरूलाई स्पष्टिकरण सोधिएको समेत सिफारिस पत्रमा उल्लेख छ।
जिल्ला कार्यसमिति बाराले २०८१ फागुन २ गते बसेको बैठकको निर्णयअनुसार कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव