emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजनीतिक रंग भन्दा पनि देश विकासमा सेवाभाव अपरिहार्यः राज्य मन्त्रि चौधरी

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
11
Shares
41
Views
राजनीतिक रंग भन्दा पनि देश विकासमा सेवाभाव अपरिहार्यः राज्य मन्त्रि चौधरी

ईमधेश न्यूज सम्वाददाता,
काठमाण्डौँ, २१ असोज ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले देशका समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक रंग दिनु भन्दा पनि भेदभावरहित राष्ट्र सेवाभाव अपरिहार्य भएकोले सो बुझेर काम गर्नुपर्ने तर्क गरेका छन् ।
सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा भएको ‘एचिभर्स अवार्ड ‘२०२४’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रा कतिपय जनप्रतिनिधी विशेषगरी मन्त्री ज्यूहरुको कार्यशैली देखेर मलाई अनौठो लाग्छ । चुनावमा पनि जनताका लागि काम गर्छु भन्ने, मन्त्री बन्ने बेलामा पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निस्वार्थ काम गर्छु भन्ने अनि पदमा पुगेपछि राजनीतिक रंग हेरेर काम गर्ने तिर लागेका हुन्छन्, भेदयुक्त कार्य गर्नुहुन्छ’, राज्मन्त्री चौधरीले भने, ‘म त के भन्छु भने मन्त्रीको पदमा पुगेको मान्छे साझा हुनुपर्छ । त्यहाँ पुगेपछि पनि कुन पार्टीबाट आएको ? भनेर राजनीतिक नजरबाट मात्रै हेर्ने र एकअर्कासँग आवश्यक समन्वय नगर्ने हो भने मुलुकको बिकास र रुपान्तरणले फड्को मार्न सक्दैन् । त्यस्ता व्यक्ति साँच्चै भन्नुपर्दा देश बिकासको बाधक हुन् ।’
यस्तै उनले, नेपालको पर्यटन प्रबद्र्धन तथा विकासका लागि हरेक क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको प्राकृतिक, सांस्कृतिक, धार्मिक सँगसँगै विविध विविधता र गतिविधिहरूको धनी विश्वका कुनै देशमा छैनन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन्’ राज्यमन्त्री चौधरीले भने, ‘यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुनेछ । त्यसका लागि हरेक क्षेत्रका व्यक्तित्वहरुको योगदान महत्वपूर्ण रहन्छ । त्यसैले सरकारको तर्फबाट मैले सधैँ सकारात्मक सहकार्य गर्नेछु ।’
कार्यक्रममा कलाकारिता, बैंकिङ, चिकित्सा, मिडिया, व्यवसायी तथा खेल क्षेत्रका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो । राज्यमन्त्री चौधरीले अवार्ड पाउनेहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव