emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सार्वजनिक स्थानमा ठूलो आवाजमा बाजा तथा डिजे बजाउन रोक

source e-Madhesh २०८१ फाल्गुन ५ गते , सोमबार
0
Shares
31
Views
सार्वजनिक स्थानमा ठूलो आवाजमा बाजा तथा डिजे बजाउन रोक

लिलाकान्त यादव
राजविराज, ०५ फाल्गुन ।
 विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने क्रममा सार्वजनिक बाटोमा अत्यधिक ठूलो स्वरमा बाजा तथा डिजे बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै प्रशासनले कडा निगरानी राख्ने भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीको कार्यालयले एक सूचना जारी गर्दै अत्यधिक आवाजका कारण जनस्वास्थ्य, अध्ययन वातावरण तथा शान्ति सुव्यवस्थामा असर परेकाले यसलाई नियन्त्रण गर्ने निर्णय गरिएको जनाएको छ। विशेष गरी सार्वजनिक स्थलमा अनावश्यक रूपमा ठूलो आवाजमा बाजा तथा डिजे बजाउँदा स्थानीयवासी तथा विद्यार्थीहरूलाई असुविधा भइरहेको जनाउँदै प्रशासनले सबैलाई संयमित भएर सांस्कृतिक गतिविधि सञ्चालन गर्न अनुरोध गरेको छ।
प्रशासनको सूचनामा घर तथा विवाह स्थलमा मात्र सीमित रहेर अन्य व्यक्तिहरूलाई असर नपर्ने गरी कार्यक्रमहरू सम्पन्न गर्न अपिल गरिएको छ। यस निर्देशिका उल्लङ्घन गर्नेहरूमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
स्थानीय प्रशासनले आम नागरिकलाई शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव