emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

समाजवादी मुस्लिम संघ, सप्तरीको जिल्ला स्तरीय भेला सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन ५ गते , सोमबार
0
Shares
42
Views
समाजवादी मुस्लिम संघ, सप्तरीको जिल्ला स्तरीय भेला सम्पन्न

लिलाकान्त यादव,
राजविराज, ०५ फाल्गुन ।
 सप्तरी जिल्लामा समाजवादी मुस्लिम संघ, नेपाल अन्तर्गत जिल्ला स्तरीय भेला सम्पन्न भएको छ। भेलामा मौलाना नाजिर साहेब ज्यूको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।
उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमन ज्यू उपस्थित थिए। विशिष्ट अतिथिहरूमा जसपा, नेपालका केन्द्रीय सचिव शैलेन्द्र साह, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् प्रदेशसभा सदस्य शेख अबुल कलाम आजाद (फुलबाबु) ज्यू, केन्द्रीय सदस्य विदेश्वर प्रसाद यादव (बिक्की), मधेस प्रदेश कार्यकारिणी सदस्य तथा समाजवादी विभाग प्रमुख युसुफ अली, समाजवादी मुस्लिम संघका प्रदेश अध्यक्ष मो. मुसाहिद हुसैन ज्यू, कोषाध्यक्ष साहिद अख्तर राउत गद्दी, जिल्ला अध्यक्ष केदार यादव ज्यू तथा अन्य विभिन्न तह–तहका नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
भेलाले समाजवादी मुस्लिम संघ, सप्तरीको नेतृत्व मौलाना नाजिर साहेब ज्यूलाई प्रदान गर्दै २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। नवनिर्वाचित अध्यक्ष, पदाधिकारीहरू तथा सम्पूर्ण सदस्यहरूलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरिन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव