emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा नेपाल मलाह कल्याण सङ्घको रिले अनसन दशौं दिनमा

source e-Madhesh २०८१ फाल्गुन ४ गते , आइतबार
0
Shares
31
Views
सप्तरीमा नेपाल मलाह कल्याण सङ्घको रिले अनसन दशौं दिनमा

भूपदेव माली 
फागुन ४ गते, सप्तरी। 
सप्तरीमा नेपाल मलाह कल्याण सङ्घ द्वारा आयोजित रिले अनसन आज दशौं दिनमा पुगेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ कोशी ब्यारेजस्थित माघ २५ गतेदेखि २० बुन्दे माङ राखेर नेपाल माला कल्याण संघद्वारा आयोजित रिले अनसन आज ०४ गते १० औं दिनमा पुगेको हो।
मला जातिले सात वर्षे समाजिक सुरक्षा भत्ता खाईपाई आएको हुँदा राष्ट्रिय दलित आयोगले बन्द गरेको साल गते र मितिदेखि एकमुष्ट रुपमा रकम पाउने गरी अबिलम्ब फुकुवा गरियोस्, 
मलाह जातिका सुकुम्बासीहरूलाई बसोबास तथा जमिनको व्यवस्था गरियोस्,
मलाह जातिलाई कानुन बमोजिम सूचीकृत तथा सामाजिक न्यायको सिद्धान्त अनुरुप समान अवसर प्रदान गरियोस्,
मलाह जातिको पेसा, भाषा, धर्म, संस्कृति र आर्थिक अवस्थाको तथ्यांक लिएर जल, जमिन र जंगलमा आई एलओ १६९ को सिद्धान्त र सर्त अनुरुप अग्राधिकार प्रदान गरियोस्, 
जलीय जैविक विविधता संरक्षण, प्रवर्धन र व्यवस्थापन विपरीत गैरकानुनी तरिकाले पोखरी, नदी, दह, खोलानाला,तालतलैया तथा ठुलठुला जलाशहरुमा विषादी हाल्ने, करेन्ट लगाउने, औद्योगिक प्रदूषण फालिने लोपोन्मुख चरा- चुरुङ्गीहरूलाई धपाउने र अन्य विनाशकारी गतिविधिहरुलाई रोक्ने जिम्मा माला जातिलाई नै दिने गरी कानुनी व्यवस्था गरियोस् लगायतका मागहरू राखेर मल्लाह कल्याण संघले सुरु गरिएको रिले अनसन आज दशौ दिन पुगिसक्दा पनि अधिकारी व्यक्ति कोही पनि नआएको मलाह संघका केन्द्रीय अध्यक्ष नारायण मुखियाले बताए।
आइतबारका दिन जगत मुखियाको नेतृत्वमा दीपक मुखिया, लालकिशोर मुखिया, फुलचन मुखिया, बेचन मुखिया, मलो मुखिया, आदेश मुखिया, सुजन मुखिया, कुसुमलाल मुखिया, लाल मुखिया र श्रीमती फुलिया देवी मुखिया गरी ११ जना अनसनमा रहेका छन्।
यसरी नै हिजो ३ गतेका दिन दशरथ मुखिया दुखीलाल मुखिया धर्मेन्द्र मुखिया मङ्गल मुखिया चन्दनमुखिया गणेशी मुखिया जङ्गलामुखिया खट्टर मुखिया बद्री मुखिया उमेश मुखिया र देवा मुखिया गरी ११ जना बसेको बेला एमालेका शीर्ष नेता प्रदीप ज्ञवली, सुमनराज प्याकुरेल, मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी, एमालेका मधेस प्रदेश अध्यक्ष चण्डेश्वर मण्डल लगायतकाले अनसनलाई समर्थन गर्दै 'जायज मागहरूलाई सरकारले सम्बोधन गर्नुपर्छ' भन्ने आश्वासन दिएका कुरा मलाह संघका प्रवक्ता मधुकान्त मुखियाले बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव