emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

फोनिज सप्तरीको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा  मण्डल

source e-Madhesh २०८१ फाल्गुन ३ गते , शनिबार
0
Shares
27
Views
फोनिज सप्तरीको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा  मण्डल

आर.एन मेहता,
राजविराज,०३ फाल्गुन ।
 नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
शनिबार अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको चाँदनी चौकमा आयोजित कार्यक्रममा उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो।
फोनिज सप्तरीको नयाँ कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन । जसमा अध्यक्षमा कृष्ण कुमार मण्डल धानुक, उपाध्यक्ष रामप्रसाद चौधरी थारु, 
सचिव रामनाथ चौधरी थारु, सह–सचिव कमल प्रसाद मण्डल धानुक, 
कोषाध्यक्ष जयन्ती सिंह दनुवार र सदस्यहरूः भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल धानुक, मिलन लेखी थारु, दिपक सिंह दनुवार, सरोज राना मगर छन् ।
प्रदेश प्रतिनिधिः प्रिया सिंह थारु, बृजमान तामाङ, जितेन्द्र कुमार चौधरी
केन्द्रीय प्रतिनिधिः डम्बर राईको विशेष अतिथिहरूको उपस्थिति कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारु, फोनिज मधेस प्रदेश महासचिव बृजमान तामाङ, नेपाल पत्रकार महासंघ सप्तरीका सह–सचिव कृष्ण कुमार मण्डल, आदिवासी जनजाति महासंघ सप्तरीका उपाध्यक्ष उपेश कुमार सिंह दनुवार, थारु कल्याणकारी सभा सप्तरीका सभापति भुपेन्द्र प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको संयोजन फोनिज सप्तरीका सचिव रामनाथ चौधरीले गरेका थिए भने स्वागत मन्तव्य पत्रकार कमल प्रसाद मण्डल धानुकले व्यक्त गरेका थिए। नयाँ नेतृत्वले आदिवासी जनजाति पत्रकारिताको प्रवद्र्धन गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव