emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विदेशी पर्यटकमाथि हवाई भाडा लुट, सर्वोच्च अदालतको कारण देखाउ आदेश

source e-Madhesh २०८१ माघ ३० गते , बुधबार
0
Shares
17
Views
विदेशी पर्यटकमाथि हवाई भाडा लुट, सर्वोच्च अदालतको कारण देखाउ आदेश

लिलाकान्त यादव,
काठमाडौं, ३० माघ ।
 नेपालका हवाई कम्पनीहरूले विदेशी पर्यटकहरूबाट चौगुणा भाडा असुली लुट मच्चाएको विषयमा सर्वोच्च अदालतले नेपाल सरकारका सम्बन्धित निकायलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नवल सिंह रावल फाउण्डेसनले सर्वोच्च अदालतको यो निर्णयलाई राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल भएको बताएको छ।
फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार, पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय सूचना आयोग लगायतका निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ नभएपछि अदालतको ढोका ढक्ढकाउनु परेको बताए।
उनले भने, “विभिन्न निकायलाई प्रमाणसहित भेट्दा पनि कसैले चासो दिएनन्। विदेशी पर्यटक ल्याएर देशको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा सरकारले किन आँखा चिम्लियो?“
हालै माघ २२ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, तथा राष्ट्रिय सूचना आयोगका नाममा १५ दिने कारण देखाउ आदेश जारी गरेको छ।
हवाई भाडामा असमानता र विदेशी पर्यटकमाथिको अन्याय
अन्य क्षेत्रमा नेपाली नागरिक र विदेशी पर्यटकका लागि अलग–अलग शुल्क तोकिएको भए पनि हवाई यातायातमा सरकारले मूल्य निर्धारण नगरेका कारण विदेशी पर्यटकहरूबाट मनपरी भाडा असुलिने गरेको रावलको दाबी छ। उनले भने, “एउटै प्लेनमा यात्रा गर्ने नेपाली र विदेशी पर्यटकलाई अलग–अलग शुल्क लगाउनु अन्यायपूर्ण हो। यसले नेपालबारे विश्वभर नकारात्मक सन्देश प्रवाह गरिरहेको छ।“
रावलका अनुसार, २,००० भन्दा बढी अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालबारे नकारात्मक प्रचार भइरहेको छ, जसका कारण नेपालमा विदेशी पर्यटकहरूको संख्या घट्दो क्रममा छ।
अब अदालतको आदेशपछि सरकार र सम्बन्धित निकायहरूले कस्तो जवाफ दिने हुन् भन्ने चासो बढेको छ। पर्यटन प्रवद्र्धन र विदेशी पर्यटकहरूका लागि न्यायोचित हवाई भाडा व्यवस्था लागू गर्नुपर्ने माग राख्दै रावलले सरकारलाई चाँडो कदम चाल्न आग्रह गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव