emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको निर्णयहरू सार्वजनिक

source e-Madhesh २०८१ माघ २९ गते , मंगलबार
0
Shares
29
Views
जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको निर्णयहरू सार्वजनिक

लिलाकान्त यादव,
काठमाडौं, २९ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलले आज बसेको बैठकमार्फत नेपाल सरकारले जारी गरेका ६ वटा अध्यादेशहरूमध्ये “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश“ प्रति गम्भीर असहमति र विरोध जनाएको छ।
बैठकले उक्त अध्यादेशले भूमि व्यवस्थापनमा अनियमितता निम्त्याउने, वन तथा वातावरण विनाश गर्ने, आन्तरिक बसाइँसराइ र आप्रवासनलाई बढावा दिने, र भविष्यमा आन्तरिक द्वन्द्वको सम्भावना बढाउने ठहर गरेको छ। जसपा नेपालका अनुसार, चुरिया क्षेत्रमा गम्भीर असर पर्न सक्ने र तराई÷मधेश मरुभूमिकरण हुने खतरा रहेको छ।
बैठकमा यो अध्यादेश केही भ्रष्टाचारी, कमिसनखोर, विचौलिया, सरकार नजिक रहेका व्यक्तिहरू, भू–माफिया, ठूला रियल स्टेट व्यापारी तथा आवास कम्पनीहरूलाई मात्र फाइदा पुग्ने गरी ल्याइएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।
जसपा नेपालले सरकारलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा गरिब वर्गको उचित व्यवस्थापन गर्न दबाब दिने निर्णय गरेको छ। साथै, अध्यादेशको पुनरावलोकन गर्न र पारित नगर्न सरकारलाई प्रेस विज्ञप्ति मार्फत आग्रह गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव