emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल मलाह कल्याण सङ्घको आवरण अनसन जारी

source e-Madhesh २०८१ माघ २७ गते , आइतबार
0
Shares
27
Views
नेपाल मलाह कल्याण सङ्घको आवरण अनसन जारी

 भूपदेव माली                                                                                                                                 राजविराज, २७ माघ ।
नेपाल मलाह कल्याण सङ्घले आफ्नो माग पुरा गर्नका लागि सुरु गरिएको आवरण अनसन आज तेस्रो दिनमा पुगेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह स्थित कोशी ब्यारेजमा मलाह संघले २५ गतेबाट सुरु गरिएको आवरण अनसन आज महिलाहरूको टोली बसेर तेस्रो दिन  पुगेको हो। 

https://youtu.be/lILIjxmRW1E

आइतबार दिउसो ०१:०० बजेबाट ललिता देवी मुखियाको नेतृत्वमा रेखा देवी मुखिया, शोभादेवी मुखिया, मञ्जु देवी मुखिया, कोशीला देवी मुखिया, रुन्ती देवी मुखिया, तोशीला देवी मुखिया ,रामकुमारी देवी मुखिया, सुनिता देवी मुखिया र नीलम देवी मुखिया गरी ११ जना महिलाहरू अनसनमा बसेकी छन्। यिनीहरू भोलि ०१:०० बजेसम्म बस्नेछिन्।
'आज हाम्रो अनसन तेस्रो दिन पुग्न लागे पनि सरकारले कुनै वास्ता नगरेको' भन्दै 'यदि हाम्रो २० बुन्दे मागहरू सरकारले सम्बोधन नगरे हामी अनसन नतोड्ने' नेपाल मलाह कल्याण संघका केन्द्रीय अध्यक्ष नारायण मुखियाले बताए।
 'हाम्रो जायज मागहरू लाई सरकारले सम्बोधन गर्नुपर्दछ अन्यथा अनसनमा बसेकाहरुको ज्यानमा  कुनै नराम्रो असर परे यसको जवाफदेही सरकारले लिनुपर्ने' आजको अनसनमा बसेकी महिलाहरूको नेतृत्व गरेकी ललिता देवी मुखियाले भनिन्।
परापूर्वदेखि माछा मार्ने डुङ्गा खियाउने समेतको कार्य गर्न दिई सम्पूर्ण सार्वजनिक पोखरी, ताल तलैया ,नदी, दह, दहतर ,बहत्तर, तारघाट र नदीमा आएको दौरा काठ समेतका जलचरको ठेक्का अन्य पैसा र पहुँचवालालाई हुने गरेको न्यायोचित होइन, यो सम्पूर्ण अधिकार मालाह जातिका मानिसलाई हुनुपर्ने भन्दै हामी अनसनमा बसेका हौ।'मलाह सङ्घका प्रवक्ता मधुकान्त मुखियाले बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव