emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रेस चौतारी नेपाल, सप्तरीको अध्यक्षमा डम्बर राई चयन

source e-Madhesh २०८१ माघ २६ गते , शनिबार
0
Shares
39
Views
प्रेस चौतारी नेपाल, सप्तरीको अध्यक्षमा डम्बर राई चयन

भूपदेव माली 
राजविराज, २६ माघ ।
 प्रेस चौतारी नेपाल, सप्तरीको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले डम्बर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

 

जसको उपाध्यक्षमा शिव प्रसाद आचार्य , महिला उपाध्यक्षमा नानीमैया कटुवाल निर्वाचित हुनुभएको छ । यस्तै कमिटीको सचिवमा कृष्ण मण्डल धानुक, सह-सचिवमा उत्सव आचार्य ,नविन कुमार यादव र कोषाध्यक्षमा भुपदेव माली निर्वाचित हुनुभएको छ । 
त्यस्तै, सदस्यहरूमा कमल मण्डल , मनोज मेहता , अनिता चौधरी र रवि शर्मा निर्वाचित हुनुभएको छ । 
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख आतिथ्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की , नेकपा एमाले सप्तरी जिल्ला सचिव देवनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव ,जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष मनोहर कुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
प्रेस चौतारीका सदस्य शिवप्रसाद आचार्यले मञ्च सञ्चालन गरिएको अधिवेशनको उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको अध्यक्ष श्रवण देव, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका उपाध्यक्ष अम्बिका दाहाल, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष मनोहर पोखरेल, समाजवादी प्रेस युनियनका केन्द्रीय सदस्य नम्रदेव यादव, प्रेस युनियनका अध्यक्ष विनयलाल कर्ण लगायतकाले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गृह तथा सञ्चार मन्त्री लेखिले-' केही वर्ष पहिलेका पत्रकारहरूले लोकतन्त्र गणतन्त्र समानता को विषयमा अग्रसर रहेका थिए। तर अहिले सोको तुलनामा स्तर खस्केको जस्तो प्रतित भइरहेको', बताउनुभयो । उनीले- 'पत्रकारिता सम्मानित पेशा हो, यसका मर्म - धर्मलाई पाल्ना गर्नुपर्छ,पत्रिकारिता निष्पक्ष हुनुपर्छ र पत्रकारले तीन तहकै सरकारले गरेको कमी कमजोरीलाई समेत लेख्न बोल्न सक्नुपर्छ' भन्दै 'पत्रकारहरूको पेशालाई प्रोत्साहन गर्न मधेस प्रदेश सरकारले पत्रकारहरूका लागि बीमा एवं उच्च शिक्षा हासिल गर्ने मार्ग प्रशस्त गरेको' बताउनुभयो।
यसरी नै प्रमुख अतिथिको आसनबाट नेता प्याकुरेलले- 'पत्रकारले पार्टीले आयोजन गरेको सबै कार्यक्रमहरूमा पुग्नुपर्छ र यथार्थ लेख्नुपर्छ' बताउदै उनले- 'नेकपा एमालेको धारणा लोकतान्त्रिक र दूरदर्शी भएर नै प्रतिगामीहरू घेराउ गर्ने गरेको स्वभाविकै हो, हाम्रो पार्टी सही दिशामा कार्य गरिरहेको छ र त्यसैले पनि हाम्रो विरुद्ध प्रतिगामीहरुले मिथ्या अभिव्यक्ति दिने गरेको पाइन्छ, तर  लोकतन्त्रमा वैचारिक अभिव्यक्ति हुनुपर्छ र वैचारिक संघर्ष हुनुपर्छ,  जून पार्टीको विचार राम्रो छ, जनता त्यही दललाई मान्ने हो।'बताउनुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव