emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजविराज नगरपालिकाद्वारा ट्राफिक व्यवस्थापन सम्बन्धी नयाँ नियमावली लागू

source e-Madhesh २०८१ माघ २६ गते , शनिबार
0
Shares
28
Views
राजविराज नगरपालिकाद्वारा ट्राफिक व्यवस्थापन सम्बन्धी नयाँ नियमावली लागू

शम्भु कुमार यादव,
राजविराज, २६ माघ ।
 राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र सुव्यवस्थित ट्राफिक व्यवस्थापन गर्नका लागि नयाँ नियम लागू गरेको छ। नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचनामार्फत सम्बन्धित सबैलाई तोकिएको स्थानमा मात्र पार्किङ्ग गर्न आग्रह गरेको छ। अन्यथा, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनअनुसार कारवाही हुने चेतावनी दिइएको छ।
नयाँ नियमअनुसार, हनुमान मन्दिरदेखि हस्पिटलसम्मको मुख्य सडकमा कुनै पनि सवारीसाधन तथा मोटरसाइकल पार्किङ्ग गर्न पाइने छैन। नेता चौकदेखि पश्चिम छिन्मस्ता डेरीसम्म एक साइड मात्र पार्किङ्ग गर्न मिल्नेछ, जुन हप्तामा एकपटक परिवर्तन हुनेछ। राम मन्दिरदेखि खानेपानी कार्यालयसम्मको हुलाकी सडकमा पूर्वपट्टी मात्र पार्किङ्ग गर्न पाइनेछ।
त्यसैगरी, गजेन्द्र चौकदेखि पूर्व यम्मी होटलसम्म दुवै साइड मोटरसाइकल पार्किङ्ग गर्न पाइनेछ भने गजेन्द्र चौकदेखि अदालत रोडसम्म एक साइड मात्र पार्किङ्ग गर्न मिल्नेछ, जुन हप्तामा एकपटक उत्तर वा दक्षिण साइड परिवर्तन गरिनेछ। नेता चौकदेखि भलुवाही नदीसम्म जाने सडकमा भने दुवै साइड पार्किङ्ग गर्न सकिनेछ।
नगरपालिकाले भगवती मन्दिर सडकलाई ‘वन–वे’ व्यवस्था लागू गर्दै यस क्षेत्रमा कुनै पनि सवारीसाधन पार्किङ्ग गर्न नपाइने जनाएको छ। साथै, कृष्ण मन्दिर हटिया जाने चारै प्रवेश मार्गमा मोटरसाइकल तथा अन्य सवारीसाधन पार्किङ्ग गर्न नपाइने र सडकमा कुनै पनि सरसामान नराख्न पनि अनुरोध गरिएको छ।
व्यापारी र यातायातका साधनलाई व्यवस्थित गर्न बजार क्षेत्रमा मालबाहक गाडी बिहान ८ बजेअघि र बेलुका ८ बजेपछि मात्र लोडिङ तथा अनलोडिङ गर्न अनुमति दिइएको छ। निर्माण सामग्री ढुवानी गर्दा रातो कपडा झुण्ड्याउनुपर्ने तथा बालुवा, गिट्टी, इँटा जस्ता सामग्री त्रिपालले छोपेर मात्र ढुवानी गर्नुपर्ने नियम लागू गरिएको छ।
त्यस्तै, नेता चौकबाट राम मन्दिरसम्म र अदालत रोडदेखि गजेन्द्र चौकसम्मको बाटोलाई ‘वन–वे’ घोषणा गरिएको छ। यात्रुवाहक माइक्रो, विङ्गर तथा बसहरू पूर्वबाट प्रवेश गरी तेतरी गाछी चौक हुँदै बसपार्कबाट राजविराज बजारमा जान सक्नेछन्।
राजविराज नगरपालिकाले नगरवासीलाई नयाँ ट्राफिक व्यवस्थापन नियमको पालना गर्न अनुरोध गर्दै उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव