emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सरस्वतीको मूर्ति कोशी ब्यारेजमा विसर्जन

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
54
Views
सरस्वतीको मूर्ति कोशी ब्यारेजमा विसर्जन

लिलाकान्त यादव,
राजविराज, २२ माघ ।
 सप्तरी, सुनसरी, तथा आसपासका क्षेत्रका सरस्वती मूर्तिहरू कोशी ब्यारेजस्थित नदीमा विधिपूर्वक विसर्जन गरिएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदह स्थित कोशी ब्यारेज मा हरेक वर्षझैं यस वर्ष पनि हजारौं भक्तजनहरूको सहभागितामा विद्या, ज्ञान, र संगीतकी देवी सरस्वतीको मूर्ति विसर्जन गरिएको हो।
सरस्वती पूजाका अवसरमा विभिन्न विद्यालय, कलेज, मठ–मन्दिर तथा सार्वजनिक स्थानहरूमा स्थापित मूर्तिहरू पूजाआजा सम्पन्न गरेपछि विसर्जन गर्ने परम्परा रहेको छ।
सप्तरी, सुनसरी, मोरङ लगायतका चारै दिशाबाट हजारौको संख्यामा श्रद्धालुहरू कोशी ब्यारेजमा मूर्ति विसर्जन गर्न आएका थिए।
विसर्जनका क्रममा भक्तजनहरूले भजन–कीर्तन, मंगलध्वनि, तथा धार्मिक गीतहरू गाएर देवी सरस्वतीको जयजयकार गरेका थिए ।
सरस्वती पूजाको समापनसँगै विद्या, कला, र संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्ने सन्देश बोकेको यो धार्मिक परम्परा सम्पन्न भएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव