emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

काठमाडौं सांस्कृतिक वैभवको महानगर हो ः उपराष्ट्रपति यादव

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
17
Views
काठमाडौं सांस्कृतिक वैभवको महानगर हो ः उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
राजविराज।
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको केन्द्र बिन्दु भएको सहरको रूपमा पनि विशेष महत्त्व रहेको बताउनु भएको छ।
उहाँले काठमाडौंभित्र विश्व सम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान र रैथाने रहनसहन, मौलिक खानपान, जीवनशैली, बाजागाजा, नाच तथा श्रृङ्गारहरूको अलौकिक संयोजन अन्यत्र पाउन दुर्लभ रहेको समेत बताउनु भयो ।
काठमाडौं महानगरपालिकाले महानगर घोषणा भएको ३० औँ वर्ष पूरा गरेको सुखद अवसरमा सैनिक मञ्च, टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष समारोहमा उपराष्ट्रपति यादवले उक्त कुरा बताउनु भएको हो । उहाँले
काठमाडौंबासी लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना दिँदै महानगरपालिकालाई विकास र समृद्धिको पथमा अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण महानुभावहरुलाई स्मरण र महानगरको नेतृत्व,
जनप्रतिनिधिहरु, पदाधिकारीहरु तथा कर्मचारीहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभयो ।
‘यहाँ प्रचलित जात्रा र पर्वहरू तथा महानगरसँग सम्बन्धित रोचक कथा र जनश्रुतिहरूले काठमाडौंलाई जीवन्त र विशेष सहरको उपमा दिएको छ’ सम्बोधनका गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘पछिल्लो समय स्थानीय
सरकारका रूपमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारीलाई उजागर गर्दै आर्थिक, सामाजिक तथा भौतिक विकासमा अहम भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्दछु । ’ उहाँले काठमाडौं महानगरले सेवाग्राही तथा लाभग्राहीलाई प्रदान गरेका सेवाहरू अन्य स्थानीय तहका लागि अनुकरणीय, अनुसरणीय र सिकाई–योग्य भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा यहाँको शसक्त युवा नेतृत्वको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्धन, प्राकृतिक सम्पदाको संरक्षण, मठमन्दिर तथा पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास लगायतका कार्यहरू महानगरपालिकाका उदाहरणीय काम भएको बताउनु भयो । ‘समावेशी र पहुँचयुक्त सहर निर्माणका लागि गरिएका प्रयासले महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सबैले सहरलाई ‘मेरो पनि हो’ भन्ने विश्वास दिलाएको छ’उहाँले भन्नुभयो, ‘कार्यपालिका बैठक, नगर सभाको प्रत्यक्ष प्रसारण, सूचना प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी सेवाको प्रबन्धन, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार निर्माण, विपन्न नागरिकलाई स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि, वायु प्रदूषण नियन्त्रणका उपायहरू लगायत महानगरको प्रशंसनीय कार्य हुन् ।’
उपराष्ट्रपति यादवले काठमाडौँ महानगरपालिकाले संविधान, कानून र प्रचलित व्यवस्थाले दिएका अधिकारको पूर्ण प्रयोग गर्दै अन्य पालिकालाई संघीयताको अभ्यास गर्न सिकाई–योग्य मार्गदर्शन प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्दै पुनः महानगर घोषणा भएको ३० औँ वर्ष पूरा भएको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
सम्माननीय उपराष्ट्रपति यादवले सम्बोधनअघि काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका मौलिक सांस्कृतिक झाँकी र महानगरमा प्रयोग हुने प्रविधियुक्त विभिन्न साधनहरुको प्रदर्शनीलाई अभिरुचीपूर्वक अवलोकन गर्नुभएको थियो । उहाँले समारोहमा साहित्यिक स्रष्टा, चित्रकार, चिकित्सकलगायत १० जना विशिष्ट व्यक्तित्वहरुलाई महानगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण समेत गर्नुभएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव