emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आयुर्वेद

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
40
Views
आयुर्वेद

आयुर्वेद शब्द संस्कृतका दुईटा शब्द 'आयुष' जसको अर्थ हो जीवन र 'वेद' जसको अर्थ 'विज्ञान' हो, मिलेर बनिएको हो' अतः यसको शाब्दिक अर्थ हो' जीवनको विज्ञान'। अरू औषधी प्रणालीहरूको विपरीत, आयुर्वेदले रोगहरूको उपचार गर्नु भन्दा स्वस्थ जीवन शैलीमा धेरै ध्यान केन्द्रित गर्दछ।

 

पहिले ब्रह्मा, पछि दक्ष प्रजापति, अश्विनी कुमार, देवराज इन्द्रहुँदै सुरु भएको मानिने आयुर्वेद विद्या ऋषिमुनिहरूहुँदै आजको आधुनिक युगमा आइपुगेको छ । ज्ञाताहरू भन्छन्, ‘भारतमा आयुर्वेद ६ हजार वर्ष पुरानो चिकित्सा पद्धति हो ।’ पश्चिमा उपचार विधिभन्दा पहिलादेखि नै आयुर्वेद थियो । 

प्राचीन् नेपालमा पनि आयुर्वेदलाई रोगहरूको उपचार र स्वस्थ जीवनशैली कायम गर्ने सर्वोत्तम तरिकामध्ये एक मानिन्थ्यो । आधुनिक युगमा समेत हामीले आयुर्वेदका सिद्धान्त र अवधारणाको उपयोग उत्तिकै गरिरहेका छौँ ।

मानव जीवनमा आयुर्वेदको दायरा विस्तृत छ । यद्यपि, अचेल यसलाई व्यवस्थित गर्दै एलोपेथीझैँ निश्चित वर्षको कोर्समा पनि समेट्न खोजिएको छ । जस्तो कि मसहितका साथीहरू अहिले ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी (बीएएमएस) अन्तिम वर्षमा अध्ययनरत छौँ । बीएएमसलाई एमबीबीएससरहको तह मानिन्छ । यो पनि साढे चार वर्ष (अभ्याससहित साढे ५ वर्ष) को कोर्स हो । 

थर्ड प्रोफेसनल (१८ महिनाको १ प्रोफेसनल) पढ्दापढ्दै हामीलाई एलोपेथीका आधारभूत व्यावहारिक ज्ञानसमेत बुझ्ने उद्देश्यले तीन महिना एलोपेथिक अस्पतालमा अभ्यास गराइँदै छ । थर्ड फ्रोफेसनल उत्तीर्ण गरेपछि समेत एक वर्ष आयुर्वेद अस्पतालमा अभ्यास गर्नैपर्छ । अनि मात्रै आयुर्वेद चिकित्सा परिषद्बाट स्थायी नाम दर्ता लाइसेन्सको परीक्षा दिन पाइन्छ । पास भएपछि बिरामी जाँच्ने अनुमति हुन्छ । भारतमा पोस्ट ग्र्याजुएट आयुर्वेद विद्यार्थीलाई औपचारिक तालिमपछि ५८ किसिमका शल्यक्रिया गर्न अनुमति छ । यसको अर्थ के हो भने, व्यापक दायरालाई साँघुर्‍याएर भए पनि यसलाई थप वैज्ञानिक, व्यवस्थित र समयानुकूल बनाउने प्रयास भइरहेको छ ।    

 

के हो आयुर्वेद ? 

‘आयु’ र ‘वेद’ शब्द मिलेर आयुर्वेद बनेको हो । आयुको अर्थ ‘जीवन’ र वेदको अर्थ ‘विज्ञान’ वा ‘जान्नु’ हो । अर्थात् जीवनका बारेमा जान्नु । आयुर्वेदको प्रसिद्ध ग्रन्थ ‘अष्टाङ्गहृदयम्’मा यसका रचयिता महर्षि वाग्भट लेख्नुहुन्छ, ‘आयुषो वेदः आयुर्वेदः । अर्थात् यो आयुको वेद हो । 

आयुर्वेद चिकित्सा मात्र होइन, यो शल्यक्रिया मात्र होइन, यो जीवन पद्धति मात्र होइन, आयुर्वेद शारीरिक र मनोचिकित्सा मात्र पनि होइन, यो त जीवन जिउने समग्र वैज्ञानिक सार्वभौमिक पद्धति हो ।

हामीकहाँ आयुर्वेदको विकास र विस्तारमा राज्यले खासै ध्यान दिएको पाइँदैन । हुन पनि, हामीलाई हरेक चीज युरोप वा पश्चिमाले अनुमति दिएपछि मात्रै आधिकारिक र विश्वसनीय ठान्ने बानी परिसकेको छ । 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव