emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

source e-Madhesh २०८३ वैशाख २८ गते , सोमबार
0
Shares
12
Views
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
ललितपुर, २८ बैशाख ।
ललितपुरको सानेपास्थित Everest Engineering College मा आन्तरिक अनुसन्धान अनुदान कोषअन्तर्गत सम्पन्न भएका तीनवटा अनुसन्धान परियोजनाको नतिजा प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ। शिक्षक तथा विद्यार्थीलाई अनुसन्धानतर्फ प्रोत्साहन गर्ने उद्देश्यले कलेजले हरेक वर्ष खुला प्रतिस्पर्धामार्फत उत्कृष्ट अनुसन्धान प्रस्ताव छनोट गरी आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।
कार्यक्रममा इन्जिनियर नारायण सापकोटाले भिरालो जमिनमा पहिरो फैलावटको अनुमान गर्न विकसित नयाँ गणितीय विधिबारे प्रस्तुति दिएका थिए। भौतिकशास्त्र र न्यूरल नेटवर्कको संयोजनमार्फत तयार गरिएको उक्त “पिआइएनएन” विधि विश्वमै नवीन रहेको दाबी गरिएको छ। कार्यक्रममा सहभागी विज्ञहरूले उक्त अनुसन्धानलाई उच्चस्तरीय र व्यावहारिक महत्वको भएको बताएका छन्।
त्यसैगरी अनुसन्धानकर्ता न्युटन शाही ठकुरीले भूकम्प विपद्का समयमा घाइतेको उपचार व्यवस्थापन प्रभावकारी बनाउन अस्पताल, एम्बुलेन्स र चिकित्सकको संख्या तथा अवस्थिति कसरी निर्धारण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन प्रस्तुत गरे। कम्प्युटर आधारित गणितीय विधिको प्रयोगबाट सेवा समय घटाउन सकिने उनको निष्कर्ष थियो।
अनुसन्धानकर्ता आयुष कोइराला र शुभम बिकेले बागमती नदीका सहायक नदीहरूमा रासायनिक तथा जैविक प्रदूषणको अवस्थाबारे संयुक्त प्रस्तुति दिएका थिए। उनीहरूले प्रदूषण न्यूनीकरणका सम्भावित उपायबारे पनि अध्ययन सार्वजनिक गरेका हुन्।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार भण्डारी, अनुसन्धान समिति प्रमुख तथा प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र सहप्राध्यापक डा. यज्ञराज पाण्डेले अनुसन्धानलाई अझ व्यावहारिक र समाज उपयोगी बनाउनुपर्नेमा जोड दिएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश
सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ
सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न