emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

source e-Madhesh २०८३ वैशाख २८ गते , सोमबार
0
Shares
12
Views
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

ईमधेश न्यूज सम्वाददाता,
बाँके, २८ बैशाख ।
शिखा एकेडेमी ले दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ। बाँकेको कोहलपुरमा आयोजित प्रतियोगितामा १३४ अंक हासिल गर्दै शिखा एकेडेमी च्याम्पियन बनेको हो।
प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल १०१ अंकसहित दोस्रो स्थानमा रह्यो भने बागेश्वरी एकेडेमी १९ अंकसहित तेस्रो भयो। त्यसैगरी सोफिया रेसिडेन्सियल स्कुल चौथो तथा लुम्बिनी वल्र्ड स्कुल पाँचौं स्थानमा रहे।
प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलका छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य ले समान ६÷६ वटा स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे। प्रतियोगितामा देशभरका २४ विद्यालयका १०२ विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रमका संयोजक सूर्यमणि अधिकारी ले जिल्ला स्तरबाट सुरु गरिएको प्रतियोगिता छोटो समयमै राष्ट्रिय स्तरमा पुगेकोमा खुशी व्यक्त गरे। साथै नेपालगन्ज स्वीमिङ क्लब का अध्यक्ष केशवराज न्यौपाने ले आगामी कार्तिकमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गरिने घोषणा गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश
सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ
सप्तरीमा विभिन्न मुद्दाका १४ जना प्रतिवादी पक्राउ
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
विश्व रेडक्रस दिवस: मानवताको सेवामा समर्पित अभियान
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न
वीरेन्द्र कुसियैत यादवलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न