emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी

source e-Madhesh २०८३ वैशाख २२ गते , मंगलबार
0
Shares
9
Views
जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी

ईमधेश न्यूज सम्वाददाता,
जनकपुर, २२ बैशाख ।
 जनमत पार्टी मधेस प्रदेशमा आन्तरिक विवाद चुलिँदा प्रदेश सरकारलाई दिएको समर्थनबारे दोहोरो दाबी गरिएको छ । पार्टीका दुई पक्षले फरक–फरक धारणा सार्वजनिक गरेपछि राजनीतिक अन्योल बढेको हो ।
सोमबार पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । तर उक्त पत्रबारे प्रदेश प्रमुख कार्यालयले औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
यता, संसदीय दलका नेता तथा मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन यथावत् रहेको भन्दै छुट्टै पत्र पठाएका छन् । उनले आफ्नो जानकारीबिना बसेको बैठकको निर्णय आधिकारिक नहुने स्पष्ट पारेका छन् ।
उनले कृष्णा प्रसाद यादव नेतृत्वको वर्तमान मधेस प्रदेश सरकारलाई जनमत पार्टीको आधिकारिक समर्थन कायम रहेको दाबी गरेका छन् ।
पार्टीभित्र देखिएको यस विवादले मधेस प्रदेश सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणमा असर पार्ने विश्लेषण गरिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का