emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का

source e-Madhesh २०८३ वैशाख १८ गते , शुक्रबार
0
Shares
6
Views
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १८ बैशाख ।
अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले सुकुम्बासी बस्तीमा सरकारी डोजर प्रयोग गरी हटाउने कार्य अस्वीकार्य भएको बताएका छन्। बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको वर्तमान कदमले देशभरका लाखौं सुकुम्बासी घरबारविहीन हुने खतरा बढेको दाबी गरे।
राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्षसमेत रहेका खड्काले सुकुम्बासी हटाउने क्रममा सुरक्षाकर्मी परिचालन गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसले राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बस्ती हटाउने कार्यलाई “राज्य आतंक” को संज्ञा दिएका छन्।
खड्काले सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको अधिकार रक्षा गर्न चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन्। उनका अनुसार पहिलो चरणमा जनचेतना फैलाउने, दोस्रो चरणमा संगठन विस्तार र विरोध कार्यक्रम, तेस्रो चरणमा राजमार्ग अवरुद्ध गर्ने तथा चौथो चरणमा देशव्यापी आम हड्तालसम्मका कार्यक्रम समावेश छन्।
उनले सबै सुकुम्बासी र सरोकारवालालाई शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आह्वान गर्दै सरकारलाई तत्काल उठिबास रोक्न र लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
बुद्ध जयन्ती विशेषः शान्ति, सहिष्णुता र मानवताको सन्देश
बुद्ध जयन्ती विशेषः शान्ति, सहिष्णुता र मानवताको सन्देश
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता