ई-मधेश न्युज
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
हरेक वर्ष अप्रिल २९ मा विश्वभर अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइन्छ। सन् १९८२ देखि सुरु गरिएको यो दिवस आधुनिक ब्यालेका प्रवर्तक व्भबल–न्भयचनभक ल्यखभचचभ को जन्मदिनको अवसरमा मनाइने गरिएको हो। क्ष्लतभचलबतष्यलब ित्जभबतचभ क्ष्लकतष्तगतभ अन्तर्गतको नृत्य समितिले यस दिवसको सुरुवात गरेको हो, जसको उद्देश्य नृत्यकलाप्रति जनचेतना अभिवृद्धि गर्नु हो।
नृत्य मानव भावनाको सशक्त अभिव्यक्ति हो। खुसी, दुःख, उत्साह वा सांस्कृतिक पहिचान—यी सबै कुरा नृत्यमार्फत व्यक्त गर्न सकिन्छ। परम्परागत लोकनृत्यदेखि आधुनिक शैलीसम्म, नृत्यले समाज र समयको प्रतिबिम्ब देखाउँछ। आजका दिनमा जुम्बा, हिपहप, साल्सा, ब्यालेजस्ता शैली लोकप्रिय बन्दै गएका छन् भने नृत्य पेशागत रूपमा पनि विकास भइरहेको छ।
नृत्य केवल मनोरञ्जन मात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी अभ्यास हो। नियमित नृत्यले हृदय र फोक्सोको क्षमता बढाउँछ, मांसपेशी र हड्डीलाई मजबुत बनाउँछ तथा मानसिक तनाव कम गर्न मद्दत पु¥याउँछ। त्यसैले नृत्यलाई एक प्रकारको सम्पूर्ण शारीरिक कसरतका रूपमा पनि लिइन्छ।
विश्व नृत्य दिवस मनाउनुको मुख्य उद्देश्य नृत्यको महत्वलाई विश्वभर स्थापित गर्नु र शिक्षा प्रणालीमा यसलाई उचित स्थान दिलाउनु हो। विभिन्न देशहरूमा यस अवसरमा नृत्य प्रदर्शन, कार्यशाला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छन्।
यस दिवसले कला, स्वास्थ्य र सांस्कृतिक विविधताको संरक्षणमा नृत्यको भूमिका अझ स्पष्ट पार्दै सबैलाई सिर्जनात्मक अभिव्यक्तितर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।