emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट

source e-Madhesh २०८३ वैशाख २१ गते , सोमबार
0
Shares
63
Views
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौं, २१ बैशाख ।
 सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९७४ देखि कायम नेपाल–ईयू सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै साझेदारीलाई नेपालले उच्च महत्व दिएको बताउनुभयो । स्वास्थ्य, शिक्षा, ऊर्जा तथा ग्रामीण विकासका क्षेत्रमा ईयूको सहयोग उपयोगी भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा उत्पादनशील क्षेत्रमा सहयोग विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
विशेषगरी कर्णाली प्रदेशमा ईयू समर्थित परियोजनाबाट दुर्गम क्षेत्रका नागरिक लाभान्वित भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताजस्ता साझा मूल्यमा दुवै पक्षको प्रतिबद्धता रहेको बताउनुभयो । जलवायु परिवर्तन र महामारीजस्ता विश्वव्यापी चुनौती सामना गर्न सहकार्य आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
उपराष्ट्रपति यादवले सरकारको १०० बुँदे कार्ययोजनामार्फत सुशासन, पारदर्शिता र आर्थिक वृद्धिमा जोड दिइएको जानकारी दिनुभयो । पर्यटन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा ईयू सहयोग अपेक्षित रहेको उहाँको भनाइ थियो ।
राजदूत लोरेन्जोले नेपाल–ईयू सम्बन्ध सुदृढ बनाउन निरन्तर सहयोग रहने बताउँदै मे २५–२६ मा २२ युरोपेली मुलुकका राजदूतहरूको नेपाल भ्रमण हुने जानकारी दिनुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का