emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु

source e-Madhesh २०८३ वैशाख २१ गते , सोमबार
0
Shares
12
Views
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २१ बैशाख ।
 सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू गम्भीर आवासीय संकटमा परेका छन् । तीमध्ये एक तेस्रोलिंगी बिनु आइतबार दशरथ रङ्गशाला पुगेर नाम दर्ता गराएकी छन् । उनी तेस्रोलिंगी पहिचान उल्लेख गरेर दर्ता गराउने पहिलो व्यक्ति बनेकी हुन् ।
मनोहरा बस्तीबाट विस्थापित बिनुले कागजात देखाएपछि मात्रै दर्ता प्रक्रियामा प्रवेश पाएकी थिइन् । दर्ताका क्रममा उनले आफू परिवारबाट अलग्गिएको र हाल साथीकोमा आश्रित रहेको बताइन् । “हामीजस्ता मानिसका लागि छुट्टै व्यवस्था हुनुपर्छ,” उनले भनिन् ।
विस्थापनपछि तेस्रोलिंगी समुदायका धेरै सदस्यहरू अस्थायी रूपमा साथीभाइको सहारामा बस्न बाध्य छन् । घर भाडामा लिनसमेत लैङ्गिक पहिचानकै आधारमा विभेद भोग्नुपरेको उनीहरूको गुनासो छ । बिनुले सरकारसँग निःशुल्क सुविधा नभई सहकार्यमा सुरक्षित र दिगो बसोबासको व्यवस्था गर्न आग्रह गरेकी छन् ।
अधिकारकर्मी सुनिल बाबु पन्तले यस्तो अवस्थालाई गम्भीर मानवीय संकटको रूपमा व्याख्या गर्दै राज्यले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए । साथै राष्ट्रिय मानव अधिकार आयोगलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरिएको छ ।
विस्थापनपछि समुदायले आवासीय अभावसँगै सामाजिक बहिष्कार र असुरक्षाको दोहोरो मार खेपिरहेको छ । प्रभावितहरूले सुरक्षित, सम्मानजनक र दिगो बसोबासको शीघ्र व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का