emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा

source e-Madhesh २०८३ वैशाख २१ गते , सोमबार
0
Shares
14
Views
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा

ईमधेश न्यूज सम्वाददाता,
सिन्धुली, २१ बैशाख ।
 विश्व प्रेस स्वतन्त्रता दिवस का अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले प्रभातफेरी र कोणसभाको आयोजना गरेको छ । सदरमुकाम सिन्धुलीमाडीमा आयोजित कार्यक्रममा स्थानीय पत्रकार तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
महासंघको कार्यालयबाट सुरु भएको प्रभातफेरी लोकतान्त्रिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा वक्ताहरूले वर्तमान सरकारका केही नीतिका कारण प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शंकर सौगातले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन बन्द गर्ने नीति गलत भएको उल्लेख गर्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरे । त्यस्तै, जिल्ला अध्यक्ष बाबुराम देवकोटाले उक्त नीतिको विरोधमा चरणबद्ध आन्दोलन जारी रहेको जानकारी दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले पत्रकारमाथि हुने आक्रमण, दण्डहीनता, सञ्चारमाध्यमको कमजोर आर्थिक अवस्था तथा पत्रकारको पेशागत र भौतिक सुरक्षामा बढ्दो चुनौतीबारे पनि ध्यानाकर्षण गराएका छन् । साथै, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
जनमत पार्टी दुई धारमा, मधेस सरकारको समर्थनबारे दोहोरो दाबी
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्सको १३औँ वार्षिक साधारण सभा सम्पन्न
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग ईयू राजदूतको शिष्टाचार भेट
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
सुकुम्बासी बस्ती हटाइएपछि तेस्रोलिंगीको पीडा: आश्रयको खोजीमा बिनु
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
विश्व प्रेस स्वतन्त्रता दिवसमा सिन्धुलीमा प्रभातफेरी र कोणसभा
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
डिजिटल युगमा प्रेस स्वतन्त्रता ः चुनौती, जोखिम र जिम्मेवारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: “हाम्रा मुद्दामा सरकार कहिले गम्भीर बन्ने?”
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का