emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी

source e-Madhesh २०८३ वैशाख १३ गते , आइतबार
0
Shares
0
Views
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १३ बैशाख ।
 नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघ ले १५ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले चरणबद्ध आन्दोलनको चेतावनी दिएको हो।
महासंघका संयोजक विष्णु खत्री ले विगत लामो समयदेखि उठाइएका मागहरू सरकारले बेवास्ता गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले नेपाल शिक्षक महासंघ ले अस्थायी तथा राहत शिक्षक–कर्मचारीप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै छुट्टै संगठन गठन गर्नुपरेको बताए।
महासंघका संरक्षक खेमराज अधिकारी ले वर्षौंदेखि अस्थायी शिक्षकहरू राज्यबाट अपहेलित हुँदै आएको उल्लेख गरे। वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठ ले सामुदायिक विद्यालयमा अस्थायी शिक्षकको योगदान उच्च भए पनि उनीहरू अन्यायमा परेको बताए।
महासचिव जीवन तिमल्सिना ले सेवापश्चात् ‘गोल्डेन हेन्डसेक’ व्यवस्था लागू गर्न माग गरे। महासंघका सदस्य शंकर जिसी ले पेशागत निरन्तरता र सामाजिक सुरक्षा सुनिश्चित गरिए मात्रै शिक्षाको गुणस्तर सुधार हुने बताए।
घोषणापत्रमा ट्रेड युनियन अधिकारको संरक्षण, सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता, पेशागत निरन्तरता र विभेद अन्त्यजस्ता माग समेटिएका छन्। महासंघले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
विश्व बौद्धिक सम्पत्ति दिवस ः सिर्जना, संरक्षण र नवप्रवर्तनको आधार
विश्व बौद्धिक सम्पत्ति दिवस ः सिर्जना, संरक्षण र नवप्रवर्तनको आधार
कुशमाहरमा युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
कुशमाहरमा युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
सीता जयन्ती व्रत : आस्था, त्याग र नारी शक्तिको प्रतीक
सीता जयन्ती व्रत : आस्था, त्याग र नारी शक्तिको प्रतीक
सीता जयन्तीमा उपराष्ट्रपतिको शुभकामना
सीता जयन्तीमा उपराष्ट्रपतिको शुभकामना
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
मालपोत कार्यालय बाँकेमा नागरिक गुनासो संकलन
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’
एभरेष्ट इन्जिनियरिङ कलेजका सम्पूर्ण शिक्षक ‘एआई दीक्षित’