emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग

source e-Madhesh २०८३ वैशाख ९ गते , बुधबार
0
Shares
11
Views
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०९ बैशाख ।
 लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले विगतमा प्रयोग गरेको भनिएको ‘¥याप ब्याटल’ सामग्रीप्रति आपत्ति जनाउँदै सार्वजनिक माफी र सामग्री हटाउन माग गरेका छन्।
पूर्व संविधानसभा सदस्य सुनिल बाबु पन्त ले उक्त सामग्रीमा प्रयोग भएका शब्दहरू सच्याउनुपर्ने र नेतृत्व तहबाट जिम्मेवारीपूर्ण अभिव्यक्ति आवश्यक रहेको बताए। उनले यस्ता अभिव्यक्तिले महिलासहित अल्पसंख्यक समुदायमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
समुदायका युवा प्रतिनिधि बाबु दुमि राई ले पुरानो सामग्री भए पनि त्यसमा रहेका शब्द र सन्देशले समुदायमाथि गहिरो सामाजिक र मानसिक असर पार्ने बताए। उनका अनुसार समुदायले यस विषयमा पहिलेदेखि नै आवाज उठाउँदै आएको र हाल आएर बहस व्यापक बनेको हो।
कार्यक्रममा हर्क साम्पाङ राई ले पनि उक्त विषयबारे जिज्ञासा व्यक्त गरेका थिए। सहभागीहरूले असंवेदनशील सामग्री हटाएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग दोहो¥याएका छन्।
समुदायका अनुसार यस विषयमा नेपाल प्रहरी साइबर ब्युरो मा निवेदनसमेत दर्ता गरिएको छ। उनीहरूले राज्यका निकायबाट संवेदनशीलता र समान व्यवहार अपेक्षित रहेको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन जेनजीको चेतावनी
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
क्याम्पसमा प्रहरी चौकी र ब्यारिकेटको विरोध, गृहमन्त्रीलाई राजिनामा दिन विद्यार्थी संगठनहरूको माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
पुरानो ‘¥याप ब्याटल’ विवादः प्रधानमन्त्रीसँग माफी र सामग्री हटाउन माग
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपाल प्याब्सनद्वारा सञ्चालित दुईदिने प्रभावकारी शिक्षण सिकाइ तालिम सम्पन्न
नेपालमा रामराज्यः माटो सुहाउँदो शिक्षा नीति अवलम्बनको अपरिहार्यता
नेपालमा रामराज्यः माटो सुहाउँदो शिक्षा नीति अवलम्बनको अपरिहार्यता
नेपाल–भारत सम्बन्धः इतिहास, मधेस  र वर्तमान  चुनौती
नेपाल–भारत सम्बन्धः इतिहास, मधेस  र वर्तमान  चुनौती
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
नेपाल प्याब्सन सप्तरीद्वारा दुईदिने शिक्षण तालिम सुरु
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
इन्धन मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चेतावनी
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
पूर्व डिई सिताराम सिपलिया यादवको निधन
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल