emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित

source e-Madhesh २०८२ चैत्र १५ गते , आइतबार
0
Shares
6
Views
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित

लिलाकान्त यादव,
काठमाडौं, १५ चैत्र ।
 जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकोप्रति स्वागत गर्दै बधाई व्यक्त गरेको छ।
ललितपुरस्थित बालकुमारीमा रहेको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा जसपा नेपालले नयाँ सरकार गठनसँगै देशमा देखिएको राजनीतिक अन्योलता र अनिश्चितताको अन्त्य हुने विश्वास व्यक्त गरेको छ।
पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत गर्दै विधिको शासन र कानुनी राज्यको प्रत्याभूति गराउने अपेक्षा व्यक्त गरेको छ। साथै, सरकारले राजनीतिक आग्रह–पूर्वाग्रहबाट मुक्त भई जनताको हितमा काम गर्ने विश्वास समेत व्यक्त गरिएको छ।
यता, जसपा नेपालले चैत १५ गतेका लागि तय गरिएको केन्द्रीय समन्वय समितिको बैठक स्थगित गरेको जनाएको छ। बैठक सफलतापूर्वक सम्पन्न गर्न थप तयारी आवश्यक परेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीले आगामी दिनमा बैठकको नयाँ मिति सार्वजनिक गरिने जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै