emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

source e-Madhesh २०८२ चैत्र ४ गते , बुधबार
0
Shares
23
Views
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

 

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०४ चैत्र ।
 नेपाल बार एशोसिएशन को आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ। “महिलाको समानुपातिक समावेशिता ः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित चैत ६ र ७ गते सम्मेलन सञ्चालन हुने आयोजकले जनाएको छ।
भक्तपुर जिल्ला अदालत बार को आतिथ्यतामा हुने सम्मेलनमा देशभरका महिला कानुन व्यवसायीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष राम सुन्दर खाइतु ले सम्मेलनमा वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता तथा बारका पूर्व पदाधिकारीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ। उहाँका अनुसार सम्मेलनले महिला अधिकार र समानुपातिक समावेशितासम्बन्धी महत्त्वपूर्ण घोषणापत्र जारी गर्ने लक्ष्य राखेको छ।
कार्यक्रमको तयारी पूरा भएको जानकारी बारका सचिव अनीश सुवाल ले दिनुभयो। उहाँका अनुसार पहिलो दिन बिहान दत्तात्रय मन्दिर बाट प्रभातफेरी निकालेर कार्यक्रम सुरु गरिनेछ। प्रभातफेरी ख्वप बैंक्वैट, नगरकोट रोड पुगेर उद्घाटन हुनेछ भने दोस्रो दिन भक्तपुर जिल्ला अदालत को सभा कक्षमा विभिन्न विषयमा विज्ञहरूसँग छलफल गरिनेछ।
आयोजकले सहभागीहरूलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ। सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका सुदृढ गर्दै न्यायपूर्ण समाज निर्माणमा योगदानबारे गहन छलफल गर्ने विश्वास लिइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार