emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता, वार्षिक कार्यक्रममा समीक्षा र योजना सार्वजनिक

source e-Madhesh २०८२ चैत्र ३ गते , मंगलबार
0
Shares
21
Views
पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता, वार्षिक कार्यक्रममा समीक्षा र योजना सार्वजनिक


र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०३ चैत्र ।
 दीक्षा फाउन्डेशन ले पाँच जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा गर्दै भावी योजना सार्वजनिक गरेको छ। आइतबार बालुवाटार मा आयोजित वार्षिक भेटघाट कार्यक्रममा संस्थाले आफ्नो वार्षिक प्रगति र आगामी कार्यदिशाबारे जानकारी गराएको हो।
संस्थाका अध्यक्ष शोश्रीन शर्मा को सभापतित्वमा सम्पन्न कार्यक्रममा समाज कल्याण परिषद् का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी World Wide Goat Project Nepal का संस्थापक ड्यानियल लि लेनी र ICIMOD का प्रतिनिधि किलियन उइवर विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा संस्थाका प्रतिनिधि माधवकुमार धमलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने आश्मा के.सी. ले आर्थिक वर्ष २०८२ मा धादिङ, काभ्रे, काठमाडौं, गोरखा र तनहुँ मा सञ्चालन गरिएका शैक्षिक, सामाजिक तथा समुदाय विकास कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा दीर्घकालदेखि संस्थाबाट सहयोग पाउँदै आएकी विद्यार्थी सन्तोषी थापाले आफ्नो अनुभव सुनाउँदै संस्थाले शैक्षिक यात्रामा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरिन्।
सो अवसरमा तीन दशकदेखि नेपालका कृषक तथा समुदायमा योगदान पुर्‍याएका ड्यानियल लि लेनीलाई कदरपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले संस्थाको कार्यप्रति प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए।
प्रमुख अतिथि सापकोटाले संस्थाले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। कार्यक्रमको अन्त्यमा अध्यक्ष शर्माले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार