emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीका चारै क्षेत्रमा रास्वपाको जित

source e-Madhesh २०८२ फाल्गुन २४ गते , आइतबार
2
Shares
40
Views
सप्तरीका चारै क्षेत्रमा रास्वपाको जित

लिलाकान्त यादव,
राजविराज, २४ फाल्गुन ।
 सप्तरी जिल्ला का चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मतसहित विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी स्वाभिमान पार्टी का सुमित कुमार ७ हजार ८४७ मतसहित पराजित भएका छन्। तेस्रो स्थानमा नेकपा एमाले का सुमनराज प्याकुरेल ले ७ हजार ६५२ मत प्राप्त गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित भएका छन्। दोस्रो स्थानमा जनता समाजवादी पार्टी नेपाल का उमेशकुमार यादव ले १४ हजार २६३ मत प्राप्त गरेका छन्। जनमत पार्टी का अध्यक्ष सीके राउत ९ हजार ८८० मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यस्तै स्वाभिमान पार्टीका सतिशकुमार सिंह ले ३ हजार ५५७ मत पाएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाका अमरकान्त चौधरी विजयी भएका छन्। उनले ३२ हजार ८७५ मत प्राप्त गर्दै जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादव लाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्। यादवले १५ हजार २३९ मत पाएका छन्। यसैगरी नेपाली कांग्रेस का दिनेश कुमार यादव ले ८ हजार ४२८ र एमालेका ताराकान्त चौधरी ले ६ हजार ७१५ मत प्राप्त गरेका छन्।
यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका सिताराम साह ३६ हजार ४१२ मतसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेस का तेजुलाल चौधरी लाई तेब्बर मतान्तरले पराजित गरेका हुन्। चौधरीले १३ हजार १०३ मत प्राप्त गरेका छन्। यसैगरी जसपा नेपालकी डा. बबी सिंह यादव ले १० हजार २८० मत प्राप्त गरेकी छिन्। नेपाली कम्युनिस्ट पार्टी की रुवी कुमारी कर्ण ले १ हजार ७०९ र एमालेका गंगा प्रसाद चौधरी ले १ हजार १७७ मत प्राप्त गरेका छन्।
यससँगै सप्तरीका चारै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक