emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लैङ्गिक अल्पसंख्यकको चुनावी यात्रा: आफू हारे पनि समुदाय जिताए

source e-Madhesh २०८२ फाल्गुन २३ गते , शनिबार
0
Shares
27
Views
लैङ्गिक अल्पसंख्यकको चुनावी यात्रा: आफू हारे पनि समुदाय जिताए

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, २३ फाल्गुन ।
 जेनजी आन्दोलनपछि सम्पन्न नयाँ प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक सहभागी बनेको समावेशी समाजवादी पार्टी ले मतदाताप्रति कृतज्ञता व्यक्त गरेको छ। पार्टीले आफ्नो चुनाव चिन्ह ‘श्रीवत्स’मा मतदान गर्ने सबै मतदाता तथा सहयोगीहरूप्रति धन्यवाद जनाएको हो।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका पक्षमा सक्रिय अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) को नेतृत्वमा पार्टी निर्वाचन आयोग नेपाल मा दर्ता भएर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो। तर, प्रत्यक्षतर्फ उठाइएका ६ उम्मेदवारमध्ये कसैले पनि पर्याप्त मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको छ।
पार्टी अध्यक्ष नुमा लिम्बु मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेकी थिइन् र उनले ५५ मत प्राप्त गरिन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डे ले ५ मत पाए। त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेदवार बनेका लोकदोहोरी गायक पूर्णचन्द्र पौडेल ले १२ मत प्राप्त गरे।
यसैगरी रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका देवेन्द्रबहादुर खत्री (मधु) ले १२ मत पाए। अन्य उम्मेदवार पिंकी राई र विनोद लामा (कोनिका) को निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
समुदायका अगुवाहरूका अनुसार ठूला राजनीतिक दलहरूले समलिङ्गी तथा तेस्रोलिंगी समुदायलाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाएपछि आफ्नै दल गठन गरेर चुनावमा प्रतिस्पर्धा गर्नुपरेको हो।
संविधानसभा सदस्य तथा सुनिल बाबु पन्त ले सामाजिक सञ्जालमार्फत उम्मेदवारहरूको साहसको प्रशंसा गर्दै यो प्रयासलाई समुदायको पहिचान र अधिकारका लागि महत्वपूर्ण कदम भएको बताएका छन्। उनका अनुसार चुनावी परिणाम जस्तो भए पनि यस सहभागिताले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आवाजलाई राष्ट्रिय बहसमा स्थापित गर्न मद्दत गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक