emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हनुमाननगर कंकालिनीमा करिब ५५ प्रतिशत मतदान

source e-Madhesh २०८२ फाल्गुन २१ गते , बिहीबार
0
Shares
121
Views
हनुमाननगर कंकालिनीमा करिब ५५ प्रतिशत मतदान

भुपदेव माली,
राजविराज, २१ फाल्गुन ।
 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका १४ वटै वडामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान केन्द्रका अधिकृतहरूका अनुसार नगरभर करिब ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ।
केही मतदान केन्द्रहरूमा ४६ प्रतिशत मात्र मतदान भए पनि अन्य केन्द्रहरूमा ५५ प्रतिशतभन्दा माथि मतदान भएकाले समग्रमा करिब ५५ प्रतिशत मतदान भएको जनाइएको छ। मतदान प्रक्रिया बिहानदेखि साँझसम्म शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।
नगरको वडा नम्बर ४ मदवापुरस्थित तीन मतदान केन्द्रमध्ये मावि मदवापुर मतदान केन्द्रमा अपराह्न ४ बजेसम्म १ हजार ५ सय ७६ मतदातामध्ये ७ सय १३ जनाले मतदान गरेका थिए। त्यस्तै वडा कार्यालयस्थित मतदान केन्द्रमा १ हजार ८२ मतदातामध्ये ६ सय ६० जनाले मतदान गरेका छन्।
यस्तै बीपी आधारभूत विद्यालय मदवापुरस्थित मतदान केन्द्रमा १ हजार ३ सय २८ मतदातामध्ये ९ सय ४ जनाले आफ्नो मताधिकार प्रयोग गरेको जनाइएको छ।
समग्रमा नगरका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र मतपेटिका सुरक्षित रूपमा संकलन गरी मतगणनास्थलतर्फ पठाउने तयारी भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक