emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तराई होलीः जोगीरा, डोला परिक्रमा र सद्भावको रङ्ग

source e-Madhesh २०८२ फाल्गुन १९ गते , मंगलबार
0
Shares
80
Views
तराई होलीः जोगीरा, डोला परिक्रमा र सद्भावको रङ्ग

पहाडी र मध्य पहाडी भेगमा रङ्ग र उमङ्ग साटासाट गरिसकेपछि आज तराई–मधेशमा फागु पूर्णिमाको उल्लास छाएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको तराई क्षेत्र आज जोगीरा, ढोलक र अबिर–गुलालको रङ्गमा रंगिएको छ।
तराई होलीको आफ्नै मौलिकता छ। “जोगीरा सारारारा...”को लयमा ढोलक र मजीराको ताल मिलाउँदै टोल–टोलमा युवाहरू हूल बाँधेर निस्कन्छन्। मालपुवा, नरिवल, बदाम र छोकडा साटासाट गर्दै एकआपसमा रङ्ग दल्ने परम्पराले सद्भाव र भाइचाराको सन्देश दिन्छ। परम्परागत रूपमा केशर, अबिर, चन्दन र चामलको पिठो प्रयोग गरिने भए पनि पछिल्ला वर्षहरूमा कृत्रिम रङ्गको प्रयोग बढ्दो छ। वातावरणमैत्री र प्राकृतिक रङ्ग प्रयोग गर्न स्थानीय अगुवाहरूले आग्रह गर्दै आएका छन्।
तराईका कतिपय स्थानमा होलीकादहनको विशेष परम्परा छ। गुइँठा (गोबरबाट बनाइने दाउरा) जम्मा गरी राक्षसी होलीकाको पुत्ला दहन गर्दै अन्यायमाथि न्यायको विजय मनाइन्छ। पश्चिमी तराईमा माटोले होली खेल्ने चलन पनि अझै जीवित छ, जहाँ सद्भावका साथ सुक्खा वा भिजेको माटोको हल्का लेप लगाएर पर्व सुरु गरिन्छ।
मिथिला क्षेत्रमा भने परिक्रमा परम्परासँग जोडिएको होली विशेष महत्त्व राख्छ। धनुषाधामबाट डोला उठाएर जटही, मठियानी, जलेश्वर हुँदै कञ्चनवनसम्म पदयात्रा गर्ने चलन छ। तीर्थयात्रीहरू अन्ततः जनकपुर पुगेर होली समापन गर्छन्। “कञ्चन वन राम खेले होली” भन्ने लोकगीतले भगवान् रामसमेत कञ्चनवनमा होली खेल्न आएको जनविश्वासलाई झल्काउँछ।
राजवंशी, सन्थाल, मुसहर, थारु लगायत विविध समुदायले आफ्नै सांस्कृतिक रंग मिसाउँदै तराई होली मनाउँछन्। रङ्गिन उत्सवले तराई, पहाड र हिमाललाई भावनात्मक रूपमा जोड्ने सन्देश दिँदै आएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक