emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हाम्रा माग सम्बोधन नगरी चुनाव किन? – घाइते जेनजीको प्रश्न

source e-Madhesh २०८२ फाल्गुन १९ गते , मंगलबार
0
Shares
29
Views
हाम्रा माग सम्बोधन नगरी चुनाव किन? – घाइते जेनजीको प्रश्न

काठमाडौं, फागुन १८ । ‘जेनजी सुशासन योद्धा’का रूपमा परिचित घाइते अभियन्ताहरूले आफ्ना माग सम्बोधन नगरी निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले यथास्थितिमा हुने चुनावले देशलाई निकास दिन नसक्ने दाबी गरेका हुन्। जेनजी अगुवा बुद्धनाथ सिंहले ऐतिहासिक जेनजी आन्दोलनका उपलब्धिहरूलाई सरकारले बेवास्ता गर्दै चुनावमा केन्द्रित भएको आरोप लगाए। उनले ‘नेत्रवाद दर्शन जेन–जी घर यात्रा’ अवधारणामार्फत देशको समग्र समस्या समाधानको खाका तयार गरिएको दाबी गर्दै सबैलाई त्यस अभियानमा गोलबन्द हुन आग्रह गरे। उनका अनुसार अनसनपछि सरकारसँग नवनिर्वाचित संसदको पहिलो बैठकमा आफूहरूले तयार पारेका पारदर्शी नीति, नियम तथा सदाचारी योजनाहरू प्रस्तुत गर्ने सहमति भएको थियो। अनसनरत विजय अधिकारीले राजनीतिक दलहरूको भ्रष्टाचार, कुशासन र अपारदर्शीताका कारण जेनजी पुस्ता विद्रोह गर्न बाध्य भएको बताए। जेनजीकै बलमा बनेको सरकार आफूहरूप्रति असहिष्णु बनेको उनको आरोप थियो। अशोक घोरासैनीले विश्व शान्तिका लागि नेपालले नेतृत्वदायी भूमिका खेल्न सक्ने दाबी गर्दै त्यससम्बन्धी दस्तावेज आफूहरूसँग रहेको बताए। आर्यन अधिकारीले आसन्न निर्वाचनले पनि देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै पुनः आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने संकेत गरे। लक्ष्मी देवीले राजसंस्था हटाइएपछि देश अस्थिरतामा फसेको टिप्पणी गरिन्। राज कठायतले सरकारले माग पूरा गर्ने वाचा गरे पनि त्यसतर्फ ध्यान नदिएको आरोप लगाए। मनिष चापागाँईले चुनावपछि पनि माग सम्बोधन नभए कडा प्रतिरोध गर्ने चेतावनी दिए। उल्लेखनीय छ, जेनजी सुशासन योद्धाहरूले फागुन ९ देखि १३ गतेसम्म माइतीघर मण्डला मा पाँच दिन आमरण अनसन गरेका थिए। आयोजकका अनुसार सरकारले नेपालको संविधान २०७२ आवश्यकता अनुसार संशोधन गरी जेनजीका माग सम्बोधन गर्ने सहमति जनाएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक