ई-मधेश न्युज
हनुमाननगर कंकालिनीमा घरदैलो कार्यक्रमकै बीच आगलागी, स्वाभिमान पार्टीका नेता–कार्यकर्ताद्वारा नियन्त्रण
जितेन्द्र कुमार यादव,
राजविराज, १५ फाल्गुन ।
स्वाभिमान पार्टीका महिला किसान छापका नेता तथा कार्यकर्ताहरूले आज हनुमाननगर कंकालिनी नगरपालिका–१ र ३ मा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। पुर्व मेयर शैलेष साहको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो।
घरदैलो कार्यक्रममा हनुमाननगर कंकालिनी नपा ३ का वडा कमिटी अध्यक्ष बेचन पघैया, समाज सेवी युवा नेता हरि नारायण विराजी नगर कमिटी सदस्य जितेन्द्र भदेसवार लगायतका नेता कार्यकर्ताहरु रहेको थियो ।
घरदैलो कार्यक्रमपछि नेता–कार्यकर्ताहरू दिनेश्वर यादवको घरमा सामान्य खाजा ग्रहण गरी निस्कने क्रममा अचानक आगलागी भएको सूचना प्राप्त भएपछि स्वभिमान पार्टीका कार्यकर्ताहरु घटनास्थलतर्फ पुगेको थियो। मानवीय सेवाको भावनासहित स्वाभिमान पार्टीका नेता–कार्यकर्ता र स्थानीयवासी आगो नियन्त्रणमा जुटेका थिए।
यसैबीच नगरपालिकाका पूर्व मेयर सैलेश साहले दमकल सेवामा सम्पर्क गरी सहयोगका लागि पहल गरेका थिए। यद्यपि दमकल घटनास्थलमा आइपुग्नुअघि नै पुर्व मेयरको नेतृत्वमा पार्टीका कार्यकर्ता र स्थानीयको सक्रियतामा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाइएको छ।