emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरी–१ को विकासका लागि सुमित साहको १० बुँदे सङ्कल्प सार्वजनिक

source e-Madhesh २०८२ फाल्गुन १४ गते , बिहीबार
0
Shares
69
Views
सप्तरी–१ को विकासका लागि सुमित साहको १० बुँदे सङ्कल्प सार्वजनिक

 

लिलाकान्त यादव,
राजविराज, १४ फाल्गुन ।
 प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुमित साहले सप्तरी–१ को समग्र विकासका लागि १० बुँदे सङ्कल्प सार्वजनिक गरेका छन्। स्वाभिमान पार्टीका तर्फबाट उम्मेदवारी दिएका साहले पाँच “सुनिश्चित ग्यारेन्टी” र पाँच “पूर्ण समर्पित प्रयास” अन्तर्गत कार्यक्रमहरू अघि सारेका हुन्।
साहले पहिलो चरणमा स्वरोजगार र रोजगारी प्रवद्र्धनका लागि आगामी ६ महिनाभित्र ‘एकीकृत युवा विकास केन्द्र (क्ष्थ्म्ऋ)’ स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षा क्षेत्रमा “एक वडा ः एक शिक्षा स्वयंसेवक टोली” गठन गरी विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः भर्ना गराउने र वार्षिक ८०० विद्यार्थीलाई योग्यता तथा आवश्यकताका आधारमा छात्रवृत्ति उपलब्ध गराउने योजना अघि सारिएको छ।
स्वास्थ्यतर्फ पाँचवटै स्थानीय तहमा ‘हेल्थ एटिएम’ जडान तथा टेलिमेडिसिन सेवा सञ्चालन गरिने उल्लेख छ। कृषकहरूका लागि किसान सूचना केन्द्र स्थापना, “सप्तरी पेडा” को ब्रान्डिङ र बजार पहुँच विस्तार गर्ने कार्यक्रम पनि समेटिएको छ। महिला सशक्तिकरणअन्तर्गत प्रत्येक पालिकामा महिला उत्थान केन्द्र स्थापना, कानुनी सहायता डेस्क र स्वयं सहायता समूहलाई सहुलियत ऋणको व्यवस्था गरिने जनाइएको छ।
त्यस्तै, पूर्ण समर्पित प्रयासअन्तर्गत १०० शय्याको बहु–विशेषज्ञ अस्पताल स्थापना, सर्पदंश उपचार केन्द्र, बस स्टप तथा हाटबजार शेड निर्माण, कृषि व्यावसायीकरण र कोशी टप्पु आसपासका बस्तीको सुरक्षाका लागि बजेट सुनिश्चित गर्ने योजना रहेको छ। खेलकुद तथा युवा नेतृत्व विकासका कार्यक्रम पनि प्राथमिकतामा राखिएको छ।
साहले योजना कार्यान्वयनमा पारदर्शिता अपनाउने, बजेट र प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै मतदातासँग समर्थनको अपिल गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार