emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तिरहुतमा घरदैलो अभियान: विकासलाई निरन्तरता दिने सुमित साहको प्रतिबद्धता

source e-Madhesh २०८२ फाल्गुन १४ गते , बिहीबार
0
Shares
98
Views
तिरहुतमा घरदैलो अभियान: विकासलाई निरन्तरता दिने सुमित साहको प्रतिबद्धता

लिलाकान्त यादव,
राजविराज, १४ फाल्गुन ।
 सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुमित साहले तिरहुत गाउँपालिका स्थित ढोरवाचौकमा गजेन्द्र ना.सिहको शालिकमा माल्यार्पण गरी घरदैलो अभियानलाई तिब्र बनाएका छन । सम्पन्न विकास योजनालाई निरन्तरता र तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन ्। स्वाभिमान पार्टीका तर्फबाट उम्मेदवार बनेका साहले आफ्ना बुवा, निवर्तमान सांसद तथा पूर्वमन्त्री नवलकिशोर साह (रामबाबु)ले अघि बढाएका योजनाहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका हुन्।
उनले तिरहुत गाउँपालिकामा सडक कालोपत्रे, नाला निर्माण, सिमसार तथा ताल संरक्षण, विद्युतीकरण, विद्यालय भवन र पर्खाल निर्माण, सामुदायिक भवन तथा धार्मिक संरचना निर्माणलगायतका विभिन्न योजनाहरू कार्यान्वयन भएको उल्लेख गरे। पिपराहीदेखि कोलोहजारा हुँदै मंडल टोलसम्मको कालोपत्रे सडक, ठाकुरबाबा दहको पर्यटकीय पूर्वाधार, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, महुली खोला नियन्त्रण, महिला उद्यमशीलता विकास कार्यक्रम, मुसहरी टोलमा सडक ढलानजस्ता योजनालाई उनले प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
साहले विकासलाई पारदर्शी र दिगो बनाउने प्रतिबद्धता दोहो¥याउँदै मतदाताको विश्वास र समर्थन आवश्यक रहेको बताए। “समृद्ध, सम्मानित र अवसरयुक्त तिरहुत निर्माणका लागि हातेमालो गरौं,” उनले अपिल गरे।
चुनावी अभियानका क्रममा उनले “जनताको शक्ति, विकासको बाटो” भन्ने नारासहित विकासका लागि मतदान गर्न आग्रह गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार