emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा तिजमा उल्लासका साथ गीत र नृत्य प्रतियाेगपता सम्पन्न

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
52
Views
सप्तरीमा तिजमा उल्लासका साथ गीत र नृत्य प्रतियाेगपता सम्पन्न

   शुभ नारायण यादव सप्तरी, २४ भदौ ।                         हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज नेपाली हिन्दू महिलाहरुले आज राजविराजमा उल्लासका साथ मनाएका छन् । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा तिज महोत्सव मूल समारोह समतिद्वारा यस बर्ष भव्यतापूर्वक प्रतियोगितात्मक तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न गरेको हो । तिज महोत्सव मूल समारोह समितिका संयोजक राजविराज जेसीजकी निवर्तमान अध्यक्ष एवम् पत्रकार पुनम पोखरेलको अध्यक्षतामा आयोजित प्रतियोगितात्मक गीत÷नृत्य प्रतियोगिता कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।                                             राष्ट्रिय गानबाट सुरु भएको प्रतियोगितात्मक खण्डमा मौलिक गीततर्फ थारु भाषामा गीत र नृत्य गर्नु हुने राजकुमारी चौधरी, बिमल चौधरी र राधा चौधरीको समूह प्रथम, नेपाली गीतमा गीत र नृत्य गर्नुहुने मञ्जु श्रेष्ठ, बिना उपाध्याय र अनार श्रेष्ठको समूह द्वितिय तथा सरस्वती कार्की, रत्ना कार्की र सुमित्रा देवकोटाको समूह तृतिय हुनु भयो । यसैगरी अडियोतर्फ मैथिली गीतमा एकल नृत्य गर्नुभएकी रश्मी यादव र समूहतर्फ नेपाली गीतमा नृत्य गरेकी मानषी पोखरेल, मेघना सिंह र प्रकृति थापाको समूहले उत्कृष्ठ स्थान हासिल गर्नुभयो ।                                       त्यस्तै उक्त प्रतियोगितामा इन्द्रबहादुर थापा (संयोजक) गिरिराज पौडेल(सदस्य)र ललिता झा(सदस्य)ले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।                        कार्यक्रममा १४ वटा समूहका बीच प्रतिस्पर्धा भएको थियो ।         
 
No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव