emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनमतका समानुपातिक उम्मेदवार दनुवार नेकपा प्रवेश, नायकलाई सघाउने घोषणा

source e-Madhesh २०८२ फाल्गुन १२ गते , मंगलबार
4
Shares
42
Views
जनमतका समानुपातिक उम्मेदवार दनुवार नेकपा प्रवेश, नायकलाई सघाउने घोषणा


ईमधेश न्युज सम्वाददाता, 
सिराहा, १२ फाल्गुन ।
 जनमत पार्टी का समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका वडा नं. ८ का अध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित कार्यक्रममा नेकपा प्रवेश गरेका हुन्।
उनीलाई नेकपाका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजय शंकर नायक, नेता रामचन्द्र ठाकुर र प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफूले पार्टी परिवर्तन गरेको बताए।
उनले विकास, राजनीतिक स्थायित्व र व्यापक सहकार्यका लागि नेकपामा आबद्ध भएको उल्लेख गरे। “क्षेत्रको समग्र विकास र जनताको अपेक्षा पूरा गर्न सक्षम नेतृत्व आवश्यक छ,” दनुवारले भने, “त्यसका लागि अजय शंकर नायकलाई सघाउने निर्णय गरेको हुँ।”
कार्यक्रममा नेताहरूले दनुवारको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। आगामी निर्वाचनमा सिराहा क्षेत्र नं. ४ मा प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार