emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

डा. राजेश अहिराजविरुद्ध मुद्दा दर्ता, राजनीतिक प्रतिशोधको आरोप

source e-Madhesh २०८२ फाल्गुन १२ गते , मंगलबार
2
Shares
27
Views
डा. राजेश अहिराजविरुद्ध मुद्दा दर्ता, राजनीतिक प्रतिशोधको आरोप

 

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, १२ फाल्गुन ।
 डा. राजेश अहिराजविरुद्ध कथित बलात्कारसम्बन्धी मुद्दा दर्ता भएपछि यस विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ। प्रहरी स्रोतका अनुसार उजुरी परेपछि सम्बन्धित निकायले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ।
डा. अहिराज पक्षले भने आफू राजनीतिक प्रतिशोधको शिकार भएको दाबी गरेको छ। उनका समर्थकहरूले मधेशबाट उदाउँदै गरेको राष्ट्रवादी धारका नेतामाथि योजनाबद्ध रूपमा चरित्रहत्या गर्ने प्रयास भएको आरोप लगाएका छन्। उनीहरूले डा. अहिराजको राजनीतिक सक्रियता र पछिल्लो समय बढ्दो प्रभावका कारण केही समूह असन्तुष्ट रहेको दाबी गरेका छन्।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका डा. अहिराज विगत दुई दशकदेखि सार्वजनिक जीवनमा सक्रिय रहँदै आएका थिए। विभिन्न सामाजिक तथा शैक्षिक अभियानमा संलग्न उनले मधेशलगायत विभिन्न जिल्लामा अक्षयकोष स्थापना, पुस्तकालय सहयोग तथा अन्य सामाजिक कार्यक्रम सञ्चालन गरेको उनका समर्थकहरूको भनाइ छ।
यता कानुनविद्हरूले भने कुनै पनि आरोपबारे निष्कर्षमा पुग्नुअघि निष्पक्ष र स्वतन्त्र अनुसन्धान आवश्यक रहने बताएका छन्। आरोपित व्यक्ति दोषी वा निर्दोष भन्ने विषय अदालतको निर्णयबाट मात्र टुंगो लाग्ने उनीहरूको भनाइ छ।
सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया पूरा गरी तथ्यका आधारमा आवश्यक कदम चाल्ने जनाएको छ। मुद्दाबारे थप विवरण आउन बाँकी रहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार