emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेसका एजेन्डामा अस्पष्टता देखियो: उपेन्द्र यादव

source e-Madhesh २०८२ फाल्गुन ११ गते , सोमबार
0
Shares
24
Views
मधेसका एजेन्डामा अस्पष्टता देखियो: उपेन्द्र यादव


ईमधेश न्युज सम्वाददाता,
भैरहवा, ११ फाल्गुन ।
 जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को कुनै स्पष्ट धारणा नरहेको आरोप लगाएका छन्।
रुपन्देहीको मर्चवारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष यादवले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मधेसी जनताको अधिकारको आन्दोलनका बेला बालेनको भूमिका के थियो भन्ने प्रश्न उठाए। “मधेसको मुद्दामा उहाँको कुनै धारणा छैन। राष्ट्रिय राजनीतिमा उहाँको वैचारिक अडान, दर्शन र एजेन्डा के हो स्पष्ट छैन,” उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बनाउने रणनीतिअनुसार बालेनलाई अघि सारेको चर्चा सामाजिक सञ्जालमा भए पनि वास्तविक अवस्था त्यस्तो नदेखिएको उनको टिप्पणी थियो। मधेस, आदिवासी जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दा आफ्नो पार्टीले निरन्तर उठाउँदै आएको दाबी गर्दै उनले मधेसका जनताले यी विषय बुझेको बताए।
अध्यक्ष यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे। वर्तमान संविधानले मधेसी, जनजाति र दलित समुदायका माग पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उनको भनाइ थियो। सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेश सीमाङ्कन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उनले बताए।
त्यसैगरी, उनले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउन आग्रह गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार