emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

क्लब ५० नेपालमा रोशनकुमार न्याछ्यौँ अध्यक्ष

source e-Madhesh २०८२ फाल्गुन १० गते , आइतबार
3
Shares
35
Views
क्लब ५० नेपालमा रोशनकुमार न्याछ्यौँ अध्यक्ष


ईमधेश न्युज सम्वाददाता, 
काठमाडौं, १० फाल्गुन ।
 क्लब ५० नेपालको १९औँ साधारण सभा राजधानीस्थित ब्यिात प्बतजmबलमग त्जबmभमिा सम्पन्न भएको छ। साधारण सभाले निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको निर्वाचन आयुक्त दीपक मल्होत्राले घोषणा गरे।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार कार्की, उपाध्यक्षमा युवराज श्रेष्ठ, महासचिवमा हवेन्द्रप्रसाद देव र कोषाध्यक्षमा पदमराज सुवेदी चयन भएका छन्। कार्यकारिणी सदस्यहरूमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी तथा डा. कविता अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
निवर्तमान अध्यक्ष डा. अंगुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय प्रमुख अतिथि थिए। पानस प्रज्वलन र राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा रोशनकुमार न्याछ्यौँले स्वागत मन्तव्य राखेका थिए भने महासचिव युवराज श्रेष्ठले वार्षिक गतिविधि प्रस्तुत गरे।
कार्यक्रममा क्लबद्वारा प्रकाशित ‘अभियान’ पत्रिकाको १४औँ अंक विमोचन गरिएको थियो। अतिथि सम्पादक साहित्यकार रमेश दाहाललाई कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
समापनअघि पूर्व गृहमन्त्री निरञ्जन थापा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन अक्षेता शाक्यले गरेकी थिइन् भने अन्त्यमा कक्टेल डिनरको आयोजना गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार