emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी

source e-Madhesh २०८२ माघ २५ गते , आइतबार
0
Shares
60
Views
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी

 

ईमधेश न्युज सम्वाददाता,
राजविराज २५ माघ ।
 सप्तरीको राजविराज–७ खरसाल टोल, सिराहा रोडस्थित धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव–२०८२ शुक्रबारदेखि सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सुरु भएको महोत्सव २०८२ माघ २३ देखि फागुन १ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।
महोत्सवको पहिलो दिन कबड्डी र क्यारमबोर्ड प्रतियोगिता सम्पन्न गरिएको थियो भने दोस्रो दिन हाउस फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। विद्यालयका A, B, C र D टिमबीच प्रतिस्पर्धा हुँदा A ले C लाई र B ले D लाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए। फाइनल खेलमा B टिमले A टिमलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जित्यो।
प्रधानाध्यापक पवित्र चौधरीले रिबन काटेर उद्घाटन गरेको कार्यक्रममा राष्ट्रिय गान र मार्चपास समेत गरिएको थियो। संस्थापक रामनरेश दासका अनुसार विभिन्न खेलमा ६४ विद्यार्थीको सहभागिता रहेको छ। आगामी दिनमा ब्याडमिन्टन, साइकल रेस, हाई जम्पलगायत प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार