emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधवापुरमा वडा स्तरीय क्रिकेट प्रतियोगिताको चौथो खेल सम्पन्न

source e-Madhesh २०८२ माघ २० गते , मंगलबार
0
Shares
59
Views
मधवापुरमा वडा स्तरीय क्रिकेट प्रतियोगिताको चौथो खेल सम्पन्न

प्रथम वडा स्तरीय मधवापुर क्रिकेट प्रतियोगित अन्तर्गत आज सम्पन्न चौथो खेलमा वडा नं. १ भारदह र वडा नं. ८ योगिनियाबीच प्रतिस्पर्धा भएको छ। खेलमा टस जितेर योगिनियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरको खेलमा योगिनियाले सम्पूर्ण ओभर खेल्दै १२१ रन बनायो र भारदहलाई १२२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वडा नं. १ भारदहले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १३ ओभरमै लक्ष्य पूरा गर्न सफल भयो। यस जितसँगै भारदले प्रतियोगितामा महत्वपूर्ण जीत हात पारेको छ। खेलभरि दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो भने खेलाडीहरूको प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको आयोजकले बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार