emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा नेपालको ‘घर फिर्ती अभियान’ प्रभावकारी बन्दै, पुराना नेताहरूको धमाधम वापसी

source e-Madhesh २०८२ माघ २० गते , मंगलबार
0
Shares
62
Views
जसपा नेपालको ‘घर फिर्ती अभियान’ प्रभावकारी बन्दै, पुराना नेताहरूको धमाधम वापसी

लिलाकान्त यादव,
राजविराज, २० माघ ।
 जनता समाजवादी पार्टी नेपाल (जसपा) ले करिब चार महिनाअघि सुरु गरेको ‘घर फिर्ती अभियान’ क्रमशः प्रभावकारी बन्दै गएको छ। विभिन्न ठूला–साना पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गर्नेको संख्या बढ्दै गएको छ भने विगतमा पार्टी छोडेका नेता तथा कार्यकर्ताहरू पनि पुनः धमाधम फर्किन थालेका छन्।
यसैक्रममा मंगलबार नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका छन्। सप्तरी क्षेत्र नम्बर ३ मा चुनावी छलफल र भेटघाटलाई तीव्र बनाइरहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितका नवप्रवेशीहरूलाई गम्छा र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।
चौधरी यसअघि जसपा नेपालकी केन्द्रीय सदस्य थिइन्। पार्टी विभाजनका बेला उनले जसपा परित्याग गरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ, मधेश प्रदेशकी उपाध्यक्षसमेत हुन्।
त्यस्तै, कलाकारिता क्षेत्रमा सक्रिय थारु नेता गोपाल प्रसाद चौधरी सोमबार जसपा नेपाल प्रवेश गरेका छन्। युवा नेता शिवशंकर यादव ‘शिवम’ पनि पार्टी प्रवेशसँग जोडिएका छन्। पार्टी विभाजनपछि उनी अशोक राई नेतृत्वको जसपामा आबद्ध थिए।
मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नेताहरूको पुनः प्रवेशले पार्टीको संगठन सुदृढ हुनुका साथै विशेषगरी युवा संगठनमा थप ऊर्जा मिल्ने जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड